बिष्णुपुरमा मधेस प्रदेशको गृहमन्त्री सम्मानित

  • माघ २५, २०७९
  • ९७२ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहाको बिष्णुपुरमा मधेस प्रदेश सरकारको गृहमन्त्री सम्मानित भएको छ । मधेस प्रदेश सरकारको गृहमन्त्री शत्रुधन प्रसाद सिंलाई बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले सम्मानित गरेको छ । सिरहाको बिष्णुपुर गाउँपालिका स्थित बिष्णुपुर हटियाको प्राँगनमा ब्रह्म ज्ञान् केन्द्र नेपाल द्वारा आयोजित सात दिवसीय श्रीमद भागवत कथा ज्ञान यज्ञमा दर्शन लाभ लिन पाल्नु भएका मधेस प्रदेश सरकारको गृहमन्त्री सिंहलाई छुट्टाछुट्टै खादा र मालाले सम्मान गरेको छ ।325691961_1200270680879304_2746824865482125336_n

बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवले भागवत कथा ज्ञान् यज्ञ मा सहाभागी सम्पुर्ण भक्तजनहरुको लागी प्रसाद ग्रहणको ब्यबस्था गरि गृहमन्त्री सिंहलाई पनि ग्रहण गर्न निम्तो गर्दै बोलाएका थिए ।

गृहमन्त्री सिंह केही समय यज्ञमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष यादव र कथा बाचकहरु समेत बाट सम्मानित हुँदै फर्केका थिए ।

तामझामका साथ गाउँपालिकाका हरेक वडा वडामा गइ चामल दाल आलु नुन हरदी अन्य खाद्य बस्तु समेत नगद चन्दा संकलन गरि १७ गते मंगलबारको दिन बिधिवत रुपले शुरु गरेको उक्त सात दिवसीय भागवत कथा ज्ञान् यज्ञको मंगलबार बिहान हवन कार्यक्रम गर्दै आशुतोष समर्पित भक्तजनहरुले समापन गरेका थिए ।325217614_953105575686644_5980925770441300890_n

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...