युवा संघ नेपाल बाराको जिल्ला भेला सम्पन्न

  • फागुन १३, २०७९
  • ५३६ पटक पढिएको
  • subhash sah
alt

 
कलैया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपाल जिल्ला कमिटी बाराको जिल्ला भेला आज कलैया उपमहानगरपालिकामा सम्पन्न भएको छ । कलैया स्थित बारा उधोग बाणिज्य संघको कार्यालयमा सम्पन्न भेलाले आरके भट्टराईको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला आयोजक कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा हरिओम साह, सचिवमा पुरुषोत्तम लामा, सहसचिवमा पुनित राम र कोषाध्यक्षमा सोममाया तामाङ रहेका छन् । सदस्यहरुमा कुशवर पासवान, रुपकराज पाख्रिन, रोशन सुवेदी, राजु क्षेत्री, कुशवर साह, संजयकुमार यादव, अजितकुमार गिरी, बाबुराम यादव, विरेन्द्र चौधरी, भिम लामा, निजर भुजेल, गजेन्द्र शिवम राउत, अजयकुमार यादव, जटाशंकर शाह, प्रमोदप्रसाद यादव, रहेका छन् । यसैगरी रामप्रसाद यादव, संगितादेवी यादव, श्रीराम चौरसिया, भुलावन प्रसाद चौधरी, सागर पटेल, शिवचन्द्र प्रसाद, छठु महतो केवट, सुभाष यादव, सागर प्रजापती, नुरुल अंसारी, राजु कुशवाहा, रवि कुशवाहा, दिप लाल, अजयकुमार गुप्ता, अजय शर्मा, राम यादव, रुपेश चौधरी, जयकिशन यादव लगायतका रहेका छन् । यसैगरी भेलाले बाराको चार वटै क्षेत्रमा रहेका बिभिन्न पालिका कमिटीहरु गठनका लागि केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकिएको छ । केन्दीय सदस्य अनिल भण्डारीलाई बारा क्षेत्र नं १, मनोज गुप्तालाई बारा २, जिल्ला अध्यक्ष भट्टराईलाई बारा ३ र गणेश रिजाललाई बारा ४ का लागि सहजीकरणका लागि जिम्मेवारी तोकिएको हो । युवा संघका उपाध्यक्ष एवं मधेस प्रदेश कमिटीका इन्चार्ज निरञ्जन झाको प्रमुख आथित्यमा सम्पन्न सो भेलाले चैत २५ गते कलैयामा संघको प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको छ । जिल्ला अधिवेशन गर्नुभन्दा अघि पालिका तथा वडाहरुको कमिटी गठन गर्ने निर्णय भेलाले गरेको छ । भेलामा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य दिनेश राई, केन्द्रीय सदस्यहरु श्रीप्रसाद पासवान, विभा कार्की, जिल्ला अध्यक्ष विजेन्द्र चौधरी, पार्टी सचिवालय सदस्य एवं युवा इन्चार्ज ध्रव यादव, संघका स्थायी कमिटी सदस्य एवं पार्टी सचिवालय सदस्य सुभाष साह, प्रदेश सचिव गणेश रिजाल, मधेस प्रदेशका सांसद लक्ष्मी ठाकुर, अनेमसंघ समाजवादीका केन्द्रीय सदस्य मालति कुशवाहा, सहित पार्टीका नेता, युवा संघका नेता सहित जिल्ला भरीका युवाहरुको बिशेष सहभागिता रहेको थियो । यसैगरी पार्टी निकटको अखिल नेपाल महिला संघ (समाजवादी) को आजै कलैयामा बैठक बसेको थियो । जिल्ला अध्यक्ष गौरी ढकालको अध्यक्षतामा बसेको बैठकले १९ फागुनमा कलैयामा अनेमसंघ समाजवादीको जिल्ला भेला, अन्तर्राष्ट्रिय महिला दिवस तथा होलीको अवसरमा शुभकामना कार्यक्रम गर्ने निर्णय भएको अध्यक्ष ढकालले बताईन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...