कृष्णनगरका किशोरी तथा युवाहरु जन्मदर्ताको बारेमा समाजमा जागरूकता ल्याउने

  • चैत ११, २०७९
  • ३८३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु, चैत्र १० बाल क्लब, किशोरी समुह तथा युवा क्लबका लागि जन्मदर्ताको महत्व बिषयक एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो l कार्यक्रममा कार्यक्रमको उद्देश्य जन्मदर्ताको परिचय तथा सामाजमा युवा क्लब तथा किशोरी समूह र युवाहरूको जन्मदर्तामा के भूमिका रहन सक्छ भन्ने भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए l कार्यक्रममा जन्मदर्ताको महत्व, जन्मदर्ताको आवश्यकता, जन्मदर्ताबाट हुने फाइदा, जन्मदर्ताको कानुनी अधिकार, समुदायका क्लब र किशोरी हरूको भुमिका लगायतका बिषयमा सिद्धांर्थ सामाजिक विकास केन्द्रका अजय चौधरी ले सहजीकरण गरेका थिए l कार्यक्रममा बालबालिकाको जन्मदर्ता गराउन किशोरी तथा युवाहरुको भूमिका के के हुन सक्छ भन्ने बिषयमा वृहत छलफल गरिएको थियो l कार्यक्रमका सहभागि बाल क्लब, किशोरी समुह, युवा क्लब का प्रतिनिधि हरूले बालबालिकको जन्म दर्ताको बिषय दह्रो रुपमा आवाज उठान गर्नुका साथै आफ्नो समुदायमा सचेतना समेत फैलाउने कुरामा प्रतिबध्द रहनुका साथै आफ्नो वडा लाई चाँडैनै पूर्ण जन्मदर्ता भएको वडाको रुपमा परिचित गराउन निरन्तर लागि पर्ने बताए । जन्म दर्ता जस्तो सम्बेदनशिल बिषयमा आफुहरुलाई अनुशिक्षित गराएकोमा नगरपालिका र युनिसेफ लाई धन्यबाद समेत ब्यक्त गरे । कार्यक्रममा कृष्णनगर नगरपालिकाका युवा क्लब, बाल क्लब, किशोरी समुहका प्रतिनिधि हरू , समाजसेवी पत्रकार लगायतको उपस्थित रहेको थियो l कार्यक्रम संचालन कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...