युवाको उत्साहको लागि खेल जरुरी रहेको आजपा अध्यक्ष : प्रभु साह

  • चैत ११, २०७९
  • ६४५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 रामशरन यादव/ रौतहट  चैत ११ गते । रौतहट जिल्लाको कटहरियामा बौद्धिमाई युवा क्लबको आयोजनामा कटहरिया प्रिमियर लिग क्रिकेट टुर्नामेण्ट-२०७९” सिजन १ को आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले उद्दघाटन गरेका हुन्। उक्त अवसरमा राष्ट्रिय अध्यक्ष साहले भने रौतहट जिल्लाको पत्रकार र जनप्रतिनिधि बीच एक आपसमा खेल्दा कटहरीया गौरवको विषय बनेको छ ? हामी सुन्छौं नेता र पत्रकारबीच मेल हुदैन तर आज कटहरिया क्रिकेट खेल मैदानमा खेल हुँदा गौरव महसुस भएको छ । युवा वर्गको लागि खेल जरुरी रहेको र शरीर स्वास्थ्य बन्नको लागि अथवा स्माट बन्नको लागि क्रिकेट खेल अतिनै उपयोगी रहेको सांसद साहले भनेका हुन् , अहिले नेपाल देश सङ्कटग्रस्त अवस्थामा छन् देश विकासको लागि खेलाडि जस्तै ईमान्दार नेताहरुलाई पनि हुनुपर्छ त्यसैले देश र हाम्रो समाजका लागि समाजिक सुधारको लागि जरुरी रहेको छ। यस रौतहट जिल्लामा पहिला पहिला सदर मुकाम गौरमा क्रमचारि र जन प्रतिनिधि बीच क्रिकेट खेल हुन्थ्यो तर अहिले त्यो खेल कटहरियामा जन प्रतिनिधि र पत्रकार बीचको क्रिकेट खेल हुँदा कटहरिया बासीको लागी र यस क्षेत्रको गर्वको विषय भएको छ । यो खेल प्रदेश र स्थानीय तहले गराउनुपर्नेमा उनीहरुले नगराउँदा कटहरीयाको सानो टिमले यो क्रिकेट खेलाउँदा अतिनै सहार्निय कार्य गरेको आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवम यस क्षेत्रका संघिय सांसद प्रभु साहले प्रसंसा गरे । उक्त उद्दघाटन कार्यक्रमका आम जनता पार्टीका उप महासचिव कुन्दन कुशवाह, स्थाई कमिटि सदस्य सियाराम कुशवाहा, त्रिभुवन साह, आम दलित मोर्चाको नेता चन्देश्वर बैठा, केन्द्रीय सदस्य नरेश साह टुरहा, रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल, मौलापुर नगरपालिकाको नगर प्रमूख रिना साह , देवाही गोनाहि नगरपालिकाको नगर प्रमुख प्रेम लाल साह कानु लगायत अन्य जन प्रतिनिधिहरुको उपस्थिति रहेको थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...