राैतहटमा विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट

  • चैत १४, २०७९
  • ४१७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 चैत्र १३गते प्रेमचन्द्र झा / प्रदेश टाइम्स राैतहट । सदर मुकाम गाैर स्थित गाैरी शंकर यादव कयाम्पसले विविएस चाैथो बर्षको परीक्षा चिट चाेराउन मात्र होईन डकैति गर्न नै छुट दिईरहेका छन । सो परिक्षाकेन्द्रको सामाजिक संजाल र टिकटकमा भाईरल भएको भिडियो र फोटोले परिक्षाको चिरहरण भएको जस्तो देखिएकोछ । सोमबार विविएस चाैथाे वर्षको फन्डामेन्टल अफ काेरपाेरेट फाईनान्स (Fundamental Of Corporate Finance ·)परिक्षाको बाहिरी बाताबरण हेर्दा २०/२५ वर्ष पहिले भारत बिहारको भन्दा खतम सतरको परीक्षा हाम्रो नेपालमा भई रहेको प्रमाणित गराएका छन । त्रिभुवन विश्वविद्यालयसंग आवद्व क्याम्पसमा फाईन परिक्षाको यो अवस्था हेरेर लाज मर्दाे बनाउने काम भएकाे हाे। परीक्षा रद गर्न स्थानिय शिक्षक सन्तोष पाैडेलले माग गर्नु भएकोछ ।सो परिक्षा केन्द्रमा जिल्ला प्रहरी कार्यालय गाैरबाट६जनाको टोली समेत परिचालन गरिएको सो कार्यालयबाट बुझिएकोछ ।सो परीक्षा केन्द्रका केन्द्राध्यक्ष , डिउटी खटेका प्रहरी टोली , विभिन्न गार्डकोको नाममा भत्ता खाने व्यक्तिलाई आवश्यक क्षानविन गरि कडा कार्यवाही गर्न स्थानिय प्रत्यक्षदर्शीले माग गरेका छन ।गाैरी शंकर यादव कयाम्पसका व्यवस्थापन प्रमुख मोहन यादव संग सोध्दा भोली (चैत्र १४ गते)देखिको परिक्षा अनुशासित तवरले गराउने प्रतिवद्वता व्यक्त गरेका छन । गाैरी शंकर यादव कयाम्पस परीक्षा केन्द्रमा राैतहट जिल्लामा त्रिभुवन विश्वविद्यालय बाट सम्बन्धन प्राप्त जुद्व क्याम्पस गाैर, मध्य राैतहट क्याम्पस गरुडा, जयकिसान क्याम्पस धरहरि, कटहरिया क्याम्पस , जनज्योति क्याम्पस चन्द्रनिगाहपुर,लक्ष्मी श्री क्याम्पस समनपुर,बागमती क्याम्पस पिपरा भलोहिया र वाल्मीकि क्याम्पस गाैरको गरि करिब ३ सय पचास जना विधार्थी परीक्षा दिई रहेकाे व्यवस्थापक यादवले जानकारी दिएका छन। यता जिल्लाका उतरी भेगका क्याम्पसका विधार्थीहरुलाई पायेक हुने गरि जन ज्योति क्याम्पस चन्द्रनिगाहपुर परिक्षा केन्द्रमा पनि भिआईपि चोरी भई रहेको समाचार श्रोतले दाबी गरेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...