एसइइ नजिकिए सँगै चिट चोरी पास गराउन सिरहा स्थित बिदालयहरुले पैसा असुल्दै

  • चैत १४, २०७९
  • ५९३ पटक पढिएको
alt

प्रदेश टाइम्स/ १४ चैत्र सिरहा । नेपालै भरी चैत १७ गते देखी शुरु हुने एसईइ परिक्षामा चिट चोर्न दिने भन्दै  सिरहा स्थित बिदालयहरुले धमाधम विभिन्न बहानामा विद्यार्थीहरु संग पैसा असुली गरिरहेका छन । परीक्षा मर्यादित र सभ्य बनाउनु सबैको उत्तरदायित्व रहदारहदै पनि सिरहा स्थित विभिन्न बिदालयहरुले प्रत्येक विद्यार्थी बाट एक हजारका दरले पैसा लिने गरेको एक स्रोतले जनाएको छ । बिगतको बर्षमा आफ्ना लेखा तथा स्कुल सहायक लगाएर पैसा असुल गरिएपनी यसपालि प्रधानाध्यापकहरु नै चिट चोरी पास गराउन पैसा लिने गरेको स्रोतको भनाई छ । स्रोतका अनुसार कति ठाउँमा त विद्यार्थी उपर १५ सयको दरले समेत पैसा उठाएको दाबी छ । स्रोतका अनुसार विद्यार्थी पास गराउन फलाइफ बनाउने विषय शिकहकहरु लगायत अनुगमनमा आउने सरहरुमा खर्च गर्नु पर्ने भन्दै विद्यार्थी बाट हजार १५ सयका दरले उठाउँदै आएका जनाएका छन । यसमा पनि अधिकारिक रुपमा दर्ता नभएका बिदालयहरुले पनि आफ्ना विद्यार्थी सामुदायिक बिदालय बाट सहभागी गराए बापत २० हजार देखि ६० हजार सम्म तिर्ने गरेको स्रोतले जानकारी गराएको छ । यसले शिक्षाको अबस्था पुर्ण रुपले खस्किदै गएको उहाँको दाबी छ । यस अबस्थामा एसइइ परीक्षामा हुने अनुगमन कुन प्रकारको रहन्छ भन्ने जिम्मेवार निकायहरू माथी आम समुदायहरुको प्रशन रहेको छ । उनिहरुका अनुसार बर्षै भरी विद्यार्थी पढाउँछु परीक्षाको बेला विद्यार्थी पास गराउन पैसा तिर्नुपर्ने रबैयाले बाँझो खेत हात लाग्ने अबिभावकहरुको कथन रहेको छ । यसले गुणस्तरीय शिक्षा दिन सरकार र बिदालयहरुले अझै असफल रहेको बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...