के हो त भुत मेला ? जुन कार्तिक शुक्ल पुर्णिमाका दिन नदि ताल तलैया पोखरीहरुमा लाग्दै आएका छन । जानि राखौं ।

  • कार्तिक २६, २०७६
  • २६६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो। धामी झाक्री बन्ने विश्वासका साथ उनीहरु देउता खैल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देबीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वास छ।मेलाको अवसरमा धनुषा, महोत्तरी, सिरहा,सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, लगायत जिल्लाका लाखाौ‌ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्नान गरेका छन्।

kam भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्। मुल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्र सिद्धिको लागि यस दिन पूर्णाहुती दिने चलन छ। मिथिलामा सदियौदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास रहेको छ।स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ। आफनो गाउँमा धामीहरुलाई डोर्‍याएर कमला र गंगासागर स्नान गर्न ल्याएका सिरहाका धामी रामप्रसाद यादव शरिरमा देउता चढ्नेहरुलाई यहाँ ल्याउने गरिएको बताउँछन्।तराईमा मन्त्र सिकाउने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामी झाक्रीसँग आशिष थाप्ने श्रद्धालुहरुको संख्या पनि उल्लेखनीय रहने गरेका छन्। देउता खेल्दै आएका महिला पुरुषहरु कमला नदीमा स्नान गरी घर फर्किन्छन्। मुख्यतः ग्रामीण भेगका अशिक्षितका कारण टुनामुनामा विश्वास गर्ने महिला पुरुषहरुको संख्या ठूलो रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...