यी परिवार जसले आज पनि चिकित्सक भन्दा पनि झाँक्रीमा बिश्वास गर्छन

  • चैत १८, २०७९
  • ६८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । लहान घर भई आफन्तको घर सिरहा माडर बाट उपचारको लागी २ महिना अगाडि सदरमुकाम सिरहाको सडकमा प्राइभेट किल्निक खोज्दै भेट भएकी यी सबिता मुसहर !सबिता की पतिले "हजुर फलानो किल्निक कहाँ छ भनेर प्रश्न गरे "विस्तारमा यस्तो रोग हो साहु बाट सयकडा ५ का दरले १० हजार ऋण खोजेर आएको छु भनेपछि यी मुसहर परिवारको सहयोग गर्ने भावना जागेपछि तत्कालै प्रादेशिक अस्पताल सिरहा मा समन्वय गरेर उपचारको लागि भर्ना गराए!भर्ना पछि नियमित सम्पर्कमा रही बिरामीको अवस्था बारे जानकारी लिने गरेको थिए ! सबिता लाई tv (क्षयरोग) भएको र ६ महिना सम्म नियमित औषधि सेवन गर्न सलाह दिएर सप्ताह दिनपछि अस्पताल बाट डिस्चार्ज भइन् !बेला बेलामा निजको स्वास्थ्य अवस्था बारे जानकारी लि राख्ने मेरो चासो थियो !कारण मेरो सानो प्रयासले यी मुसहर परिवार निको भए आफू औधी खुसी हुन्थे !ठीक हुँदैछ ,ज्वरो आउछ भनेर फोनमा भन्दा मैले tv को औषधि डोज बमोजिम पुरै खानुपर्छ ठीक भइहाल्छ केही समस्या भए अस्पताल आउनु म सहयोग गर्छु भनेर बेला बेला भन्दै थिए !करिब २ सप्ताह अगाडि कुरो पछि हिजो फोन गरेर पछिलो अवस्था बारे जानकारी माँगे !दबाइ ले ठीक हुँदैन गाउँकै धामीले भनेको छ तिमीलाई ५,६ वटा भूत तिम्रो जिउ मा छ , बैठकि गर्नुपर्छ भन्दै मैथली भाषा मा सबिता र निजको पतिले मलाई सम्झाउने प्रयास गरे !औषधि पनि खान छोड दिएको अब ठीक हुँदैछ धामी मा मात्र २०,२५ हजार खर्च भयो यावत् कुरो भन्दै अब दबाइ नखाने धामीले नै ठीक गरी दिने अडी कसेपछि म हार मान्दै रिसले फोन काटे!हिजो देखि मनमा एउटै कुरो खेलिरहेको छ ,यी र यस्ता मुसहर परिवारहरू अहिले पनि चिकित्सक भन्दा धामी झाक्री लाई नै विश्वास गरिरहेछ ! 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...