ब्रहमपुरिकी चमेली जसलाई चमक दिन बेखबर छन सरकार

  • चैत २६, २०७९
  • ११६० पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहा अर्नामाकी यी चन्देशवरी महतो जो चमेलेको नामले चौतर्फी जानिन्छ । कालै अनुहारकी चमेली जो बर्षौ देखी सडक पेटिमै भौतारिएको भेट्छिन । बाउको ठेगान भएकी चमेली दुई सन्तानकी आमा हुन । उहाँ सडक पेटिमै भौतारिदै शहर बजारको होटेलहरुमा भाडा बर्तन माझेर अर्काको घरको झाडुबहारु गरेर दिनचर्या बिताउँछिन । आफू सहित यी तस्वीरमा देखिएका दुई सन्तान एक १८ बर्षकि छोरी र १४ बर्षको एक छोरालाई लालनपालन गरि स्कुल पढाउँछिन । आफ्नै माटो पानी आफ्नै देशको कुनै कुनामा जन्म लिएर बस्ने दुई सन्तान भएकी यी चमेली मौलिक अधिकार बाट टाढिएको देख्छिन । चमेलीको बाउ आमाको ठेगान पनि छ । नेपालिहरुको नाम दर्ता हुने रजिस्टरमा पनि उहाँ नाम दर्ता छन । तर भने उहाँ नेपाली नागरिकता र उहाँको दुई सन्तान जन्मदर्ता बाट बंचित छन । नेपाली भुमी भूगोल भित्र जन्म लिई सुरक्षीत तरिकाले शान्तिपुर्वक बस्ने खाने पढने सबै नेपाली नागरिकको मौलिक अधिकार नै हो । तर यी चमेली आज आफ्नै देश धर्तिमा यी नैसर्गिक अधिकारहरु बाट टाढिएका छन । चमेलिलाई सरकारले चमक दिन सकेको छैन । सरकार बेखबर छन बताउनुहुन्छ सिरहा स्थित एक बुद्धिजीवी ,कुशल पत्रकार देबकुमार यादव । उहाँ चमेलिको ब्यथा र विवरण खुलाउँदै स्ट्याटस लेख्नुहुन्छ । यि सिरहा अर्नामा गाउँपालिका स्थित ब्रहमपुरी घर भै बस्ने चमेली जसलाई अन्दाजी १६ बर्षकै कलिलै उमेरमा एक सिरहा बसपिटाका भैंसी ब्यपारी जो विभिन्न प्रलोभन देखाई घर बाटै फकाए । यादव थरका ती ब्यपारी कलिलै उमेरको चमेलिलाई फकाएर ६ महिना सम्म घुमाए र पछि अल्पत्र अबस्थामा छोडे । आज तिनको जिन्दगी न त घर न घाटको भएको छ । चमेलिको एक सन्तान १८ बर्षकी जेठी छोरी निजि बिदालमा ११ कक्षा जन्म दर्ता नभएकै कारण बिदालय बाट निकालिएकी छिन भने १२ बर्षिय एक छोरा जसरी तसरी ८ कक्षा भ्याका छन । तर भने ती दुबै संग नेपाली बाउ आमाको ठेगान भएपनी नेपाली अधार प्रमाण भन्ने केही नभएको स्थितिमा छ उनिहरु । नागरिकताको लागि बर्षौ देखि प्रयासरत चमेलिको ब्यथा सुन्न त कोहि नागरिकताको लागि सनाखत सम्म बस्न तयार नरहेको तथ्य सत्य छ । आफ्नै देशमा अनागरिक भएर बस्दै आएकी यी चमेली र यस्ता कैयौं नेपाली नागरिक अनागरिक भएर बसिरहदा सरकार बेखबर रहेको कुरो साबित भएको देखिन्छ । सरकारले मिति २०७९/ १२ महिना २२ गतेको दिन बाउ आमा ठेगान नभएको नागरिकको हकमा जारी गरिएको पत्रले ब्रहमपुरिकी चमेलिलाई नछोएको प्रष्ट हो । चमेली र उन्का सन्तानहरुले जन्म दर्ता पाउँछन् कि पाउदैन ? भन्ने प्रश्न सहितको नेपालीको मागँ सम्बोधन कहिले सरकार ?

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...