" १३ औं शताब्दीका लोकनायक राजा सल्हेश र बिराट राजाकि छोरी मालिनी बिचको गाथा "

  • वैशाख १, २०८०
  • ७६४ पटक पढिएको
  • Ram Pukar Yadav
alt

प्रदेश टाइम्स/ बैशाख १ सिरहा ।  मालिनी र सल्हेश बीच अटुट प्रेम सम्बन्ध थियोे  ।  उहाँ दुई बिचको प्रेम पछि असफल भएपनि सल्हेशको प्रतिक्षामा नै मालिनी मालाको रुपमा आज २२ औ शताब्दी सम्म फुल्दै आइन । १३ औं शताब्दीका राजा सल्हेश र मालिनिको प्रेम २२ औं शताब्दीमा पनि प्रेम प्रतिकको रुपमा हारमको रुखमा सुनाखरी (मालिनी) फुल्दै आएपछि प्रत्येक बर्ष यश अवसरमा मेला लाग्ने गरेको छ र मेलामा फुल हेर्नेहरुको बिशाल घुइँचो नै हुन्छ । हेरौं यो अंश पनि.... । १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी जहाँ बिराट राजाकी छोरी मालिनी सधैं फुल लोढने गर्थिन । FB_IMG_1681461630888 पर्यटकीय स्थलको रुपमा रहेको सिरहाको सलहेश फूलबारीमा रहेको रुखमा नयाँ वर्षको वैशाख एक गते मात्र फुल्ने फूल हेर्न र पूजा अर्चना गर्ने दर्शनार्थीहरुको आज बिहानैदेखि ठूलो भिड लागेको छ । फूलबारी भित्र रहेको राजा सलहेश र मालिनीको गहवर (मन्दिर) मा पूजा अर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रुखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने विश्वास गरिएको फूल हेर्न अहिले दर्शनार्थीहरुको घुइँचो लागेको छ ।तराईका पासवान जातीको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोग ब्याधि नलाग्ने जनविश्वास रहेको छ । फूलबारीभित्र दुर्लभ जातीका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गर्दछन् । हरेक वर्षको बैशाख १ गते मात्र पूजा हुने सलहेश फूलबारीमा भव्य मेला समेत लाग्ने गर्दछ । सलहेश गाथामा उल्लेख गरिए अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको भएपनि प्रेम असफल भएपछि सलहेशको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा वैशाख १ गते फुल्ने गरेको सलहेश गहवरका पूजारी हरिसिंहदेव दनुवारले बताउनु भयो । १२ विघा क्षेत्रफलमा फैलिएको सलहेश फुलबारी मेला गत वर्ष कोरोना संक्रमणको कारण मेला नलागेकोले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...