सिरहामा कर्मचारीको मिलोमतोमा जिन्सी शाखामा आगलागी: मेयर यादव

  • वैशाख ४, २०८०
  • १३८४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स दैनिक/ सिरहा ।  जिन्सी शाखामा रहेको विभिन्न फाइलहरु आफुलाई बुझाउन आग्रह गरिरहदा षडयन्त्रपुर्वक तरिकाले कर्मचारीको मिलोमतोमा आगलागी गरि जलाएको सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवले बताएका हुन । मेयर यादवले बिगतमा भएको बिकास तथा योजनाको कामहरूमा असन्तुष्टि जनाउँदै अख्तियारको चिठी पत्र आएकोले बैशाख ५ गते भित्र सो फाइलहरु के कसो छ हेर्न आफुले पुर्व नियमित प्रमुख प्रशासकिय अधिकृतलाई बैशाख ५ गते भित्र जिन्सी शाखामा रहेको सम्पुर्ण फाइल तथा कागजात बुझाउन भनिएपछी कर्मचारीको मिलोमतोमा नै आगलागी गरि फाइलहरु जलाएको आरोप लगाएका हुन । मेयर यादवले पुर्व नियमित प्रशासकीय अधिकृत बलराम यादव तथा शाखा प्रमुख सँग फाइल मागेँको जनाएका हुन । मेयर यादवले जिन्सी शाखामा आगलागी हुने कुनै त्यस्तो कारण नरहेको भन्दै सिसि क्यामराको लाइन काटेर उनिहरुले यश शाखामा आगलागी गरि यस्तो जघन्य अपराध गरेको आरोप लगाउँदै प्रदेश टाइम्स दैनिकलाई बताएका हुन । उहाँले भोलि बिहानै देखी यश सम्बन्धमा कडा छानबिन गर्ने समेत बताएका हुन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...