काठमाडौं २ को निर्वाचन क्षेत्र रणनितिक सडक कालोपत्रे शुरु

  • वैशाख ६, २०८०
  • ४७४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बैशाख ६ काठमाडौं। संघिय सरकारको भौतिक पूर्वाधार मन्त्रालययबाट आर्थिक बर्ष ३०७८/७९ मा बजेट व्यवस्थापन गरि निर्माण कार्य शुरु गरिएको "एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक बिकास कार्यक्रम" अन्तरगत काठमाडौं निर्वाचन क्षेत्र नं २ को साँखु - बज्रयोगिनी - घुमारचोक -डाँडाकटेरी -चौकिभन्ज्याङ सडकको पहिलो चरणको कालोपत्रेको काम आज, बैशाख ६ गतेबाट शुरु भएको छ। नेकपा (एकीकृत सामजवादी) अध्यक्ष तथा यस क्षेत्रका तत्कालिन सांसद माधव कुमार नेपालको आफू काठमाडौं २ को सांसद हुँदा यो सडक निर्माणका लागि २० करोड बजेट व्यवस्थापन गर्नुभएको थियो।यो सडकको निर्माण कमलजित एन्ड आर ए जेभीले गरिरहेको छ। आर्थिक बर्ष २०७८/७९का लागी २० करोड बजेट बिनियोजन भएको यो सडकको निर्माणको काम डिभिजन सडक कार्यालय काठमाडौंले ठेक्का मार्फत गरेको हो।यस आ. ब २०७९/८० मा २० करोडले करिब ३ किलोमीटर सडक कालोपत्रे गरिने डिभिजन सडक कार्यालय काठमाडौंका प्राबिधिक तुलकान्त चौधरीले बताउनुभयो।सडक निर्माणको काम साँखु स्थित धुल्ला गेटबाट शुरु गरिएको हो। करिव १ अर्ब ३० करोडको डिपिआर रहेको यो सडक खण्डको सम्पुर्ण भागको निर्माण सम्पन्न हुँदा शंखरापुर नगरपालिकाका वडाहरु २,४ र ८ गुणस्तरीय सडकमा जोडिने छन।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...