बलेकिया मोहन र गिरिजाको आतंक

  • वैशाख ८, २०८०
  • ३२८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

ज १ ज ३१५ नम्बरको म्याजीक सिरहा चोहर्वा सडक भएर जानुको साटो छिन् छिनमा सहायक बाटो प्रयोग गर्दै चोहर्वा पुग्दा शंका लागेपछि प्रहरीले चेक गर्दै गर्दा पत्रकारहरु पनि पुग्यो । तस्करीको समान ढुवानीमा बद्नाम भएका न्याजीक देखेपछि फोटो र भिडियो बनायो । त्यही क्रममा मोहन यादव भन्ने व्यापारी ४/५ जना युवा सहित चेक गर्ने स्थल पुगेर धम्कीपूर्ण भाषा प्रयोग गर्दै तनावको अवस्था ल्याउने प्रयास गर्यो । त्यस लगत्तै मयाजिकको साहु भनेर गिरिजा भन्नेले पत्रकार बद्री नारायण यादवलाई केन्द्रित गर्दै धम्कीको भाषामा भने ' तैंले मेरो गाडी रोक्ने । तलाई ठेगाना लगाई छाड्छु । फोटो खिच्ने कसैलाई छोडदिन ।' भन्दै हातपात गर्ने प्रयास गर्दा नेपाल पत्रकार महासंघ सिरहाका सचिव शिवदयाल यादवले गिरिजालाई सम्झाउन खोज्दा व्यापारी मोहन इसारामा उनले मोबाईल खोस्यो । मोबाईल फुटायो । यतिका हुँदा पनि नेपाल प्रहरीको दुई जना मात्र थियो । मिर्चैया भन्दा आधा किलोमिटर पूर्वमा घटना स्थल भएपनि थप प्रहरी बोलाउने र गिरिजा र मोहनको उग्रतालाई साम्य पार्ने खासै प्रयास गरिएन, किन ? सकल भन्सार पेपर थियो भने बाइपास बाटो प्रयोग किन? यात्रु सेवा भनेर अनुमति लिएका म्याजिकमा तस्करीको समान ढुवानी किन ? स्थानीय प्रशासनको मूल ठाउँ सदरमुकाम भएर यस्ता कार्य खुलेयाम हुँदा पनि रोकथामको प्रभावकारी कदम चलिदैन् किन ?

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...