ईदको शुभकामना दिए जनमत

  • वैशाख ८, २०८०
  • १०९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा,८ वैशाख । रमजानमा एक महिनाको कठिन व्रतपछि मनाइने महान् पर्व ईद–उल–फितरको उपलक्ष्यमा जनमत पार्टी सिरहाले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् । पर्वको अवसरमा आयोजित यस्ता कार्यक्रमले आपसी सम्बन्धलाई मजबुती बनाउने जनमत पार्टीका सिरहा इन्चार्ज विनोद यादवले बताए । एक व्यक्ति अर्को व्यक्तिको बारेमा बुझ्ने र पहिचान झल्काउने मौका पनि मिल्ने गरेको उनले बताए । धार्मिक र सांस्कृतिक विविधताले भरिएको समाजलाई केही तत्वले स्वार्थको कुरा गरेर नकारात्मक दिशातिर लाग्ने प्रयास गरिरहेका हुन्छन् त्यस्ताहरुबाट सचेत रहन सिरहा निर्वाचन क्षेत्र नं.३ प्रतिनिधिसभाका प्रत्यासी दिनेश कुमार यादवले आग्रह गरे । सामाजिक रूपमा हुने यस्ता पर्वले समुदाय बीच आपसी प्रेम जागृत भएर सकारात्मकता तर्फ अघि बढ्न ऊर्जा प्राप्त हुने गरेको प्रमुख जिल्ला अधिकरी भोजराज खतिवडाले बताए मोहम्मद जुबेर राईनको अध्यक्षतामा भएको सो कार्यक्रमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक टेकु नन्द इवा लिम्बू, राष्ट्रिय अनुसन्धान सिरहाका प्रमुख नरेश साह लगायतले आ- आफ्नो विचार व्यक्त गरेका थिए । सो प्रमुख अतिथि,अतिथिहरुलाई दोसलला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन स्थानिय युवा नेता भोगेन्द्र साहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...