सिरहामा पारा मेडिकल कार्यक्रम

  • वैशाख १७, २०८०
  • ५५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा,१७ वैशाख । आर्या फर्मा ल्याब प्रालिको आयोजना र मनिष मेडिसिन सेन्टर सिरहाको समन्वयमा एकदिने पारा मेडिकल कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम सिरहामा रहेको मनिष मेडिसिन सेन्टरको प्राङ्गणमा भएको सो कार्यक्रममा सिरहा नगरपालिकाका नगर प्रमुख डा.नवीन कुमार यादवले स्वास्थ्य क्षेत्रलाई लक्षित गरेर विशेष प्रकारका करीकामहरु ल्याउन लागेको बताए । ' विगतका दिनमा यो फर्मासंग जुडेर स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको छु,' नगर प्रमुख यादवले भने,' राम्रो औषधि उत्पादन गरेपछि मूल्यांकनमा नेपालमा तेश्रो स्थान हासिल गरेको छ । ' सुखी जीवनका लागि पैसा कमाउनु राम्रो हो । सबैले कमाउ छ,' उनले भने,' आफूसँगै आफ्ना समाजका लागि योगदान गर्नुपर्ने खाँचो छ । सबैले सामाजिक रूपान्तरण खासगरी स्वास्थ्य सेवामा योगदान गर्नुपर्ने हुन्छ ।' विपन्न लक्षित गरिने स्वास्थ्य सुधारका कार्यक्रममा सहयोग गरिदिन उनले आग्रह गरे । नगरपालिकाले स्वास्थ्य क्षेत्रको सुधारका कार्यहरूमा यस फर्मले उत्पादन गर्दै आएको वस्तु तथा सेवालाई प्राथमिकतामा राख्ने उनले प्रतिवद्धता जनाए । खासगरी यो फर्माले औषधि उत्पादन गर्दै आएको फर्माशिष्ट विवेकानन्द भुडेरले बताए ।उत्पादित औषधि तथा सेवाबारे आउने सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने उनको दाबी छ । मनिष मेडिसिन सेन्टर सिरहाका सञ्चालक जागेश्वर यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कम्पनीका जेनरल मेनेजर विकास बराल, विवेकानन्द भुडेर, दिलीप कुमार पटेल लगायतले कम्पनीको उत्पादित औषधि र सेवाबारे मन्तब्य तथा डेमो प्रस्तुति दिएका थिए । साथै सो डेमो तथा प्रस्तुतिमाथि सहभागिहरुले सबाल जवाफ गरेका थिए । कार्यक्रममा सिरहा र सप्तरीका औषधि पसल,हेल्थ केयर, किल्निक सञ्चालक तथा डाक्टरहरूको सहभागिता रहेको जनाइएको छ । जम्मा एक सय ९२ जनाको उपस्थिति रहेको आयोजकले थपे।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...