सिरहाको चोहर्वा,गोलबजारमा आधा दर्जन लघुबितको कार्यालयमा तलाबन्दी र तोडफोड

  • जेठ ५, २०८०
  • ५९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/  ५ जेष्ठ सिरहा ।  लघुबित पीडित महिलाहरुले सिरहाको चोहर्वा गोलबजारमा अवस्थित रहेको डिप्रोक्स लघुबित बितीय संस्थामा पीडित महिलाहरुले कार्यालयमा तोडफोड र दुई जना कर्मचारी माथी कुटपिट गरेका छन्।तालाबन्दी गर्न गएका लघुबितीय विरुद्धका संघर्ष समितिका पदाअधिकारी महिलाहरुसंग समान्य भनाभन हुँदा बिवाद उग्ररूप लिदा कर्मचारी कुटपिट गरेका छन्। अरु आधा दर्जन लघुबितीय संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। मेरो माईक्रोफाईनान्स लघुबित बितीय संस्था लि. जिबन बिकास लघुबित बितीय संस्था लि. पुर्व कानुनी मन्त्री लिला नाथ श्रेष्ठले संचालन गरेको शृजनशील लघुबित बितीय संस्था,निर्धन उत्थान लघुबित बितीय संस्था लिमिटेड,समीट लघुबित बितीय संस्था लिमिटेड लगायत आधादर्जन लघुबित संस्थामा तोडफोड नाङ्गा झार गर्दै कर्मचारीहरुलाई कुटपिट समेत गरेका छन्। नयाँ चोहर्वा चौकबाट संघर्ष समितिका मधेस प्रदेश सचिब तथा सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु गरेको आन्दोलन चोहर्वा हुँदै गोलबजार सम्म पुगेका थिए। संघर्ष समितिका प्रमुख अतिथि पुनम चौधरी अभियान कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। बिगत १५ महिना अगाडी संघीय राजधानी काठमाडौंको माईतीघर मंण्डलाबाट मणिराम गेवालीको नेतृत्वमा सुरु भएको लघुबित ज्यादतीको अभियान देश भरी आंतकित भएका छन्।लघुबितले प्रेसर गरेर ३० बर्षमा करिब १८ हजार महिलाहरुको मृत्यु हुन् बाध्य बनाएका छन्। लघुबित विरुद्धको अभियानमा लागेका पीडित महिलाहरुले देशै भरी आन्दोलन गरिरहेका छन्।आर्थिक अर्थ तन्त्र मजबुत गर,झोले संस्था खारेज गर,महिला मार्न पर्दैन,महिला हंसा बन्द गर बचत गरेको रकम फिर्ता गर लगायत ५ सुत्रीय माग राखेका छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...