शिक्षामा सुधार हामी सबैको सरोकारको बिषय हो शाखा प्रमुख यादव

  • असार १७, २०८०
  • ३१२ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स १६ असार/ सिरहा । शिक्षामा सुधार हामी सबैको सरोकारको बिषय रहेको बिष्णुपुर गापा स्थित शिक्षा शाखा प्रमुख दिप कुमार यादवले बताउनुभयो। शैक्षिकसत्र २०७९ को गा.पा. स्तरीय समिक्षा कार्यक्रममा आफ्नो धारणा राख्नुहुदै शिक्षा प्रमुख यादवले बिष्णुपुर स्थित रहेको १४ वटै बिदालयहरुको शिक्षामा सुधार गर्न एक्लैले नहुने बताउँदै यो हामी सबैको सरोकारको बिषय रहेको बताउनुभयो । शखा प्रमुख यादवले हाल बिदालयहरुमा देखिएको विभिन्न समस्याहरुलाई गहिरिएर हेर्नुपर्ने भन्दै यसमा सुधारको निम्ति यहाँको जनप्रतिनिधि ,विद्यार्थी अभिभावकहरुको पनि यसप्रति उतिकै चासो लिनुपर्ने बताउनुभयो । प्रमुख यादवले आ-आफ्नो भुल र त्रुटिहरुलाई मनन र आत्मसात गर्दै शिक्षामा सुधारको निम्ति अनुगमन कडा पार्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा शिक्षक प्रतिनिधिहरुले धारण व्यक्त गर्दै आ - आफ्ना बिदालयमा रहेको शिक्षक अभाव, फर्निचरक कमि, भौतिक संरचनाको अभाब लगायतका समस्याहरू देखाउँदै जब सम्म बिदालयमा देखिएका यी समस्याहरुको समाधान हुदैन तब सम्म गुणस्तरीय शिक्षा दिन कठिनाइ रहेको बताए । शिक्षामा देखिएको समस्या  सन्दर्भमै शैक्षिक शत्र २०७९ तथा आ.ब. २०७९/०८० को समिक्षा कार्यक्रम गरिएको थियो र वडा जनप्रतिनिधिहरु लगायत विभिन्न शिक्षक प्रतिनिधिहरुले आफ्ना बिचार राखेका थिए । वडा जनप्रतिनिधिहरुले चुनाव भएको एक बर्ष बितिसक्दा पनि हाल सम्म शिक्षा समिति गठन नहुनुले पनि बिदालयहरु मा विभिन्न समस्याहरु देखिएको बताएका हुन । बिष्णुपुर गापा वडा ४ जनप्रतिनिधि वडा अध्यक्ष रामबाबु यादव र व ३ का अध्यक्ष जयकुमार यादवले हामी जनप्रतिनिधिकै कारण बिदालयको शिक्षा सुधारमा कमि देखिएको हो अब आफुहरुले पनि यसप्रति जबाफदेहिता देखाउनुपर्ने बताएका हुन । उनिहरुले पालिकामा शिक्षा समिति बनिसकेको छैन जसको कारण अनुगमन भएको छैन ,अनुगमन गरौं भने पनि के अधारमा जस्ता समस्याले आफुहरु बिदालयमा मुख देखाउन पिरोलिएको जनाएका हुन । यति हुँदाहुँदै पनि आ. ब. २०८०/०८१ को सुरुवात अर्थात श्रावण देखि यी समस्याहरु नरहने प्रतिबद्धता कार्यक्रममा देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...