शुद्ध कृषी कर्म गर्ने यी अनुहार राज्यको प्राथमिकतामा छैन

  • असार १७, २०८०
  • ९७४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / १७ असार ,सिरहा । नेपालमा अधिकांश भन्दा बढी जनसंख्या कृषिमा अधारित छन । कृषि उपज उत्पादन बन्द भयो भने नेपाल बन्द हुन्छ । भोकमरी फेलिन्छ । नेपाललाई कृषि प्रधान देश भनिन्छ तर भने यहाँ कृषि र किसानलाई प्राथमिकतामा राखेको देखिदैन । प्राबिधिक जबानामा पनि उनी किसानहरु हल्लो र कोदालीको भरमा खेती गर्नु परेको छ । FB_IMG_1688280942188 हल्लो र कोदालीको भरमा नै कृषि उत्पादन ,अन्न अनाज जोहो गरि समाज र देशलाई पाल्ने गरेको देखिरहदा पनि राज्य उनि किसानहरुको समस्या र दुखेसोमा साथ दिएको छैन । किसानको समस्या देख्यो भन्ने राज्य कानमा तेल हालेर सुत्ने गरेको देखिन्छ । यतिखेर नेपालमा तीन तहको संघिय स्वरुपको सरकार छ । तर किसानको लागि कुनै तहको सरकार ब्यबस्थित र भर्पर्दो देखिदैन । नेपालमा बिगत देखि आएको बजेटले पनि कृषि र किसानलाई सुबिधाजन्य तरिका बाट छोएको देखिदैन ।संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा बाँझो एवं उपयोगविहीन खेतीयोग्य जमिन कृषक, कृषक सहकार्य समूह तथा कृषक सहकारीलाई लिजमा उपलब्ध गराउने व्यवस्था मिलाइने बजेटमा उल्लेख भए पनि अझै पनि कृषियोग्य जमिन कार्यान्वयनमा आउन सकेको छैन । भनेपछि सराकार अझै किसान कृषि प्रती उदारदायी देखिएन ।किसान राज्य बाट अझै उपेक्षित भएको देखिन्छ । पत्रकार महासंघ सिरहाको पुर्व सभापति तथा नेपाल पत्रकार महासंघको पुर्व केन्द्रिय सदस्य देब कुमार यादवले आफ्नो फेसबुकमा स्ट्याटस गर्दै किसानको ब्यथा दुई तस्बिर राखेर राज्यालाई सुचित गर्ने सन्देश दिएको देखिन्छ ।उहाँको स्टयाटसले यतिखेर जनतालाई भाबुक बनाएको देखिन्छ । राज्यले पनि यसलाई गम्भीर रुपमा देख्नु जरुरी रहेको देखिन्छ । अर्थात राज्य किसान र कृषीमुखी हुनुपर्ने आजको आवश्यकता रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...