झाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरी द्धारा पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक

  • मंसिर २, २०७६
  • ६६९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

२ मंसिर । धामीझाँक्रीको घाँटी रेटेर हत्या गरेको आरोपमा सिरहा प्रहरी द्धारा पाँच जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सिरहा प्रहरीले झाँक्री यादवको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी ३८ वर्षीय फुलगेन साह, निजको भतिजो मिर्चैया नगरपालिका–४ निवासी जितेन साह, १९ वर्षीय रामकुमार साह, धनुषाको कमलामाई नगरपालिका–६ सरुवामडा निवासी २५ वर्षीय अजय महतो र २१ वर्षीय राजलाल महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

झाँक्रीको काम गर्दै आएका यादवको केही समयअघि फुलगेन साहसँग चिनजान भएको र फुलगेनकै माध्यमबाट अन्य व्यक्तिहरुसँग पनि झाँक्री यादवको चिनजान भएको थियो । सो क्रममा ती व्यक्तिहरुसँग यादवले भूतप्रेत भगाउन झारफुक गरिदिन्छु भन्दै पैसा लिएको तर बिरामी निको हुनुको साटो झन् समस्या बढेको गुनासोहरु आएको प्रहरीले जनाएको छ ।

चिनजानकै क्रममा फुलगेन साह तथा झाँक्री यादवबीच केही रकम लेनदेन भएको र झाँक्रीले फुलगेनसँग लिएको रकम फिर्ता माग्दा उल्टै झाँक्री यादवले फुलगेनलाई ज्यान मार्ने धम्की दिएपछि योजनाबद्ध तरिकाले ती पाँचै जना मिलेर झाँक्रीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घटनालगत्तै गरिएको अनुसन्धानका क्रममा अभियुक्तहरुले हत्यामा प्रयोग गरेको खुकुरीका साथै केही अन्य प्रमाणहरुसमेत फेला परेको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए । पक्राउ परेका पाँचैजना माथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गाउँघरमा धामीझाँक्रीको काम गर्दै आएका भारतको विहार राज्यको मधुवनी जिल्ला ललमनिया ग्राम बेल्हा पञ्चायत निवासी ४० वर्षीय राजकुमार यादवको घाँटी रेटेर हत्या गरिएको अवस्थामा सिरहा नगरपालिका–१२ सारस्वरस्थित कमला नदीको छेउमा कात्तिक २१ गते बिहान शव फेला परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...