शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

  • असार २६, २०८०
  • ३५२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कपिलवस्तु, अषाढ २६ कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । received_812645023769339 साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो । साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो । साझेदारी बनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो । ६ सय ८८ हेक्टर बन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उहाँले बताउनुभयो । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि काम गरिएको गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...