नार्क र सासबीच प्रविधि विकास र सिप आदानप्रदान हुने

  • साउन ४, २०८०
  • ५४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । नेपाल र चीन बीच कृषिसंग सम्बन्धित प्रविधि विकास तथा सिपको आदानप्रदान हुने भएको छ । दुई देशका कृषक एवं कृषिको विकासका लागि विकास गरिएका प्रविधिहरु प्रदर्शन, हस्तानान्तरण तथा प्रबद्र्धन गर्ने सहमती भएको छ । नेपालको नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र चीनको सिचुवान एकेडमी अफ एग्रीकल्चर साइन्स (सास)का बीचमा यस्तो सहमती भएको छ । नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई र सासका उपाध्यक्ष डा. लेओ योङ्गहङ्गका बीचमा प्रविधि विकास र सिप आदानप्रदान गर्ने बिषयलाई कार्यान्वयनमा तत्काल ल्याउँन आज सहमती भएको हो । ललितपुरको खुमलटार स्थित नार्कको केन्द्रीय कार्यायलमा नार्क र सासको उच्च स्तरीय प्रतिनिधि मण्डलका बीचमा भेटघाट एवं छलफल भएको छ । सोही क्रममा अनुसन्धानका उपलब्धिहरु आदान प्रदान गरी कृषिको बिकासमा सहयोग गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले बताए । ‘एकअर्काको अनुसन्धानको बारेमा बुझ्दै कृषि तथा कृषकको बिकासको बारेमा छलफल गरेर उच्चदरको गुणस्तरीय उत्पादन बढाउँदै जाने बारेमा हामीले छलफल गर्यौ’ नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले भने । सोही क्रममा सासका उपाध्यक्ष डा.लेओले नेपाली अनुसन्धानकर्ता र प्राविधिकलाई उच्चस्तरीय कृषि प्रविधि सम्बन्धि तालिम सासले छिटैनै दिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामी नेपाल र चीनको कृषि क्षेत्रमा लामो समयसम्म सहकार्य गर्न चाहेका छौं । सोही क्रममा हामी नेपाल भ्रमणमा आएका छौं । यहाँ आएर बिभिन्न बालीको खेती कसरी भईरहेको छ भन्ने देख्यौं’ सासका उपाध्यक्ष डा. लेओले भने । केही दिनभित्रैमा सासले नेपाली अनुसन्धानकर्तालाई चीनमा लगेर मकै र सकरखण्डको उत्पादनका साथै प्रविधिको बारेमा तालिम दिन लागेको छ । ति अनुसन्धानकर्ताहरु नेपाल आएर देशका बिभिन्न क्षेत्रममा रहेका कृषकसंग आफ्नो अनुभव साटासाट गर्नेछन् । नार्कका योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामेले चीनबाट उन्नत प्रविधि तालिम लिएका नेपाली अनुसन्धानकर्ताहरुले पछि नेपालका किसानलाई तालिम मार्फत सिकाउने बताए । हालै चीनको सिचुवानमा आयोजना गरिएको बृहत बैठकबाट नार्कका कार्यकारी निर्देशक डा. भट्टराईलाई इन्टरनेशनल माउन्टेन एग्रीकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित गरिएको थियो । चीनको सासका उपाध्यक्ष डा. लेओ नेतृत्वको नेपाल भ्रमण पनि त्यसैको निरन्तरता हो । सासका उपाध्यक्ष डा. लेओको नेतृत्वमा तीन दिने नेपाल भ्रमणमा आएको टोलीमा सु यी, लि झिवा, ज्याङ्ग जन, याङ्ग सोङटाओ, ल्यू यूची लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...