राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम मिर्चैया नगर अधिवेशन सम्पन्न

  • मंसिर २, २०७६
  • ४६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको प्रथम मिर्चैया नगर अधिवेशन सम्पन्न भएको छ ।मिर्चैयास्थित होटेल होलिडेमा सोमबार सम्पन्न अधिवेशनबाट नगर अध्यक्षमा अंजय साह अनुमोदित भएका छन् । पछिल्लो समय निरन्तर जनसम्पर्कमा खटेका साह सर्वसम्मत रुपमा गठिन ५१ सदस्यीय नगर समितिको अध्यक्षमा चयन भएका हुन् ।उनी संगठनको लागि सक्रिय भएर काम गर्दै आएका छन् । यस क्षेत्रमा संगठन विस्तार तथा पार्टीको लागि अहम भूमिका निभाउँदै आएका साह नगर अध्यक्षको जिम्मेवारी पाएपछि अब काँधमा थप जिम्मेवारी थपिएको बताए । जिम्मेवारी दिएकोप्रति उनले सबैलाई धन्यवादसमेत ज्ञापन गरे ।उनले प्राप्त भएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने र झन सशक्त भएर काम गर्ने प्रतिवद्धता जनाए । यसअघि यसक्षेत्रमा राजपा संगठनात्मक रुपमा त्यति मजबुत थिएन । तर, पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी राजपामा प्रवेश हुनेको क्रम बढ्दै गएको छ ।राजपा नेपालका अध्यक्षमण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले जनसम्पर्क तथा विकास निर्माणका काममा चाँसो बढाएपछि राजपाप्रति जन आकर्षण बढ्दै गएको देखिएको हो । नेता यादव आफू बाहिर रहँदा उनको एक टिम छ, जो निरन्तर जनसम्पर्कमा हुन्छन् । त्यसै टिममा मिर्चैया नगर अध्यक्षमा चयन भएका साह पनि छन् । नगरमा संगठनको लागि अहोरात्र काम गर्दै आएकै कारण उनी नगर अध्यक्षको रुपमा उत्साहपूर्ण सहभागीताका बीच सर्वसम्मत अनुमोदित भए । अधिवेशनमा देखिएको उत्साहपूर्ण सहभागीता र राजपाप्रति बढ्दो आकर्षणलाई वक्ताहरुले राजपाले गरेर देखाएको कामको परिणाम भएको बताए ।एकजनाले भने, ‘पहिला–पहिला जनतामा चेतना थिएन, भोट मात्र खसाउँथे । भोट लिने मान्छे को हुन्, हाम्रो लागि के गरेको छ भन्ने कुरा केही सोच्दैनथे । नेताले पनि राजनीतिलाई स्थायी जागिर नै ठान्थे । तर, अब जनता जागरुक भइसके, मुलुकको समग्र विकासको लागि विकल्प खोजेको छ । त्यही भएर होला, यसक्षेत्रका जनता पनि सदियौंदेखि बसेका पार्टीलाई बाईबाई गरेर तह लगाउँदैछन् ।’ उनले थपे, ‘यसले यो संदेश दिन्छ कि राजनीति स्थायी जागिर होइन, जसले गर्छ उसले पाउँछ, जो गर्दैन त्यो उस्ताउँछ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...