इन्द्र रिझिएको छैन, बर्षा नभएको कारण किसानलाई हरेक क्षेत्रमा समस्या

  • साउन ८, २०८०
  • ६५४ पटक पढिएको
  • राम पुकार यादव
alt

खोइ बिपद ब्यबस्थापन ? खडेरी लागेछ । खेतमा बीउ सुक्दै छन । सिचांई छैन । खेत रोपाई भएको छैन । उब्जनी हुने खेतहरुमा पानी बिना दरार फाटेका छन । फाट्टफुट्ट रोपनिले किसान देखि राज्यको जोहो चल्छ र ? राज्यको ध्यान छैन ।राज्य मौन भएर बसेका छन । आखिर किसान नै किन सदैव पिडामा । आखिर कसले चलाई देला राज्यको अन्न भन्डार ? मार्मिक बिषय हो । यसप्रति राज्यको ध्यानाकर्षण हुनुपर्छ । उच्च तापक्रम र बर्खा नभएको कारण गाई भैंसीले दिने दुध पनि सुक्न थालेको छ । बेलुका बिहान ८ लिटर दुध दिने भैंसीहरु यतिखेर ४ लिटर मात्र दिन थालेको छ सिरहाको मिर्चैया नगरपालिका स्थित एक किसान सुमिर यादवले बताउँनुहुन्छ । उहाँ एक समान्य किसान गाई भैंसी चौपायाको भरमा जोहो गर्छन , दिन्चर्या गर्छन । उहाँ भन्नुहुन्छ , यसपाली त खेतीपातीको के कुरो गर्नु भैंस देखि गैंस सम्म्को समस्या । सरकारले ठाउँ ठाउँमा सिचाइ गर्या छैन । अकाशको भरमा कति के गर्नु बर्खादिने ईन्द्र पनि रिझिएको छैन । हरियो घास पात छैन स। सबै गर्मिले डढेको छ । चौपायाको पेट भर्न गाह्रो । यस अबस्थामा चौपायाहरुले भुक्कै पेट बिना गोबर सम्म दिन कम गरेको छ । दुई छाक खाना पकाउने जलावनको पनि कमि छ । बजारमा बस्तु भाउ पनि अकाशिएको अबस्था छ । ग्यासको भाउ पनि अति नै ।के गर्ने संकट नै भनुपर्यो सिरहा स्थित अर्नमा गाउँपालिकाको एक दलित किसान रुम्नी देबि सदा बताउँनुहुन्छ । भारतको नुन त स्तरीय नै छैन चामल निर्यात बन्द गरेको छ । नेपालले स्तरिय नुन पुगाउनै सक्दैन , खडेरीको कारण रोपाई नभै चामल उत्पादनै हुदैन । राज्यको जिम्मेवारहरु कोष सकाउन देखि फुर्सद पाएको छैन । समस्या जत्र तत्र सर्वत्र देखिएको छ । राज्य सहि समयमा किसानको समस्या समाधान गर्न जुटोस उनिहरु जनता प्रती जिम्मेवार होस भन्ने अशा छ सिरहाको कल्याणपुर नगरपालिकाको एक ब्यपारी बताउँनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...