भारतले चामल निर्यात सहजरुपमा गर्ने –कृषि मन्त्री भुसाल

  • साउन १८, २०८०
  • ४७० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको बारेमा कृषि तथा पशुपन्छि विकास मन्त्री डा.बेदुराम भुसालले चासो व्यक्त गरेका छन् । यस अघि जस्तै भारतले चामल निर्यातलाई सहज सहज बनाउँनुपर्ने उनले बताए । काठमाडौं सिंहदरबार स्थित मन्त्रालयमा आज नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवसंग भेटवार्ता गर्दै कृषि मन्त्री भुसालले यस्तो चासो व्यक्त गरेका हुन् । जवाफमा भारतीय राजदुत श्रीवास्तवले चामल विदेश निर्यातमा रोक लगाएको निर्णय भारतले गरे पनि सो निर्णय नेपालको हकमा लागु नहुने जानकारी गराएका छन् । ‘विदेशमा चामल निर्यात गर्ने निर्णय नेपालको हकमा लागु हुदैन् । यस अघि पनि भारतले गहुँ निर्यातमा रोक लगाएको भए पनि नेपाललाई असर नगरेको र गत बर्ष पनि ३ लाख ५० हजार मेट्रिकटन गहुँ उपलब्ध गराएको थियो । अहिले पनि भारतले नेपाललाई आवश्यक चामल उपलब्ध गराउँन तयार रहेको छ’ भारतीय राजदुत श्रीवास्तवले कृषि मन्त्री भुसालसंगको भेटवार्तामा भने । भारतले विदेशमा चामल निर्यातमा रोक लगाउँने निर्णय सार्वजनिक भएपछि नेपालमा चामलको भाउ बढेको बताउँदै मन्त्री भुसालले यसलाई सहज बनाउँन पहल गरिदिन राजदुत श्रीवास्तवसंग छलफल गरेका छन् । यस्तै हालै भारत भ्रमणमा गएका मन्त्री भुसालले सो क्रममा भएको सहमती कार्यान्वयनको बारेमा समेत छलफल गरेका छन् । भ्रमणका क्रममा भारतले नेपालको सिमावर्ती क्षेत्रमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउँने सहमती भएको थियो । भारतीय राजदुत श्रीवास्तवले नेपाल र भारतका कृषि मन्त्रीका बीचमा भएको सहमतीहरु कार्यान्वयन हुने जवाफ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...