बलाजी भोजनालयको लापरबाही विरुद्ध सरोकारवालाको अनुगमन

  • साउन २२, २०८०
  • ३७४ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स/ सिरहा । बिगत केही दिन देखी मोरङ जिल्लाको बिराटनगर स्थित मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयले खाना बेचबिखनमा लापरबाही गरे पछि सरोकारवालाले अनुगमन थालेको छ । बलाजी भोजनालयको खानाले सिरहाका अधा दर्जन पत्रकार बिरामी परेपछि पत्रकारहरुले सामुहिक रुपमा उजुरी  दिएको थियो । सो उजुरीको आधारमा भोजनालयमा खाद्य प्रबिधी तथा गुणनियन्त्रण लगायतका सरोकारवालाहरुले अनुगमन थालेको हो । सरोकारवालाहरुले अनुगमन गर्दै बलाजिभोजनालयको खानाले सिरहाको अधा दर्जन पत्रकारहरु बिरामी परेको पत्रकारहरुको उजुरी सुन्दै तीन दिन भित्र उजुरी उपर उपस्थित हुन निर्देशन गरेको हो । बालाजी भोजनालयको लापरबाही विरुद्ध थालेको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ,जिल्ला प्रहरी कार्यालय , जिल्ला प्रशासन कार्यलय र बिराटनगर महानगरपालिकाको प्रतिनिधिहरुको उपस्थिति रहेको जनाएका छन । सामुहिक रुपमा परेको उजुरीको आधारमा बालाजी भोजनालयका संचालनलाई तीन दिन भित्र उजुरी उपर उपस्थित हुन निर्देशन दिएका छन । बिराटनगर नोबेल अस्पतालमा उपचारर्थ सिरहा लहानको पत्रकार जिबछ यादवको श्रीमतीलाई भेट् गर्न गएका सिरहाको करिब ६ जना पत्रकारले मारबाडी सेवा सदन भित्र रहेको बलाजी भोजनालयमा शाकाहारी खाना खाएका थिए । खाना खाएर उनिहरु सबै बिरामी परेको साथै गुणस्तरहिन खाना खुवाएकै कारण उनिहरुलाई फुड पोइजन भएर अस्वस्थ भएको स्थानीय चिकित्सकहरुले बताएका थिए । मानिसको जिबन संग दिन दहाडै खेलबाड गर्ने यी बलाजी भोजनालय बन्द र त्यसका संचालक लाई कार्यबाही गरि बिरामिहरुको उचित क्षतिपूर्ति समेत भराई पाउँ भन्दै खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगर मोरङलाई मेल बाट उजुरी परेको थियो । पत्रकार महासंघ सिरहाको पुर्व सभापति देब कुमार यादव, जिल्ला सचीव शिव दयाल यादव पत्रकार राम पुकार यादव ,नरेश बरबरिया ,सोनु मिश्रा लागयत एक ड्राइभर बिरामी परेका थिए । आम उपभोक्ताहरुको स्वास्थ्य सुबिधा कायम राख्न र खाद्य पदार्थमा कुनै किसिमको मिसावट नगर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रणको उदेश्य नै रहदा बिराटनगर बलाजी भोजनालयले यसरी स्तरहिन खाना बिक्री बितरण गरि उपभोक्ताहरुलाई ठगी गरि रहेको मात्र होइन उनिहरुको स्वास्थ सँग खेल्बाड भैरहेको ठ्म्याई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...