कानुन मन्त्री मोहम्म्द समिम द्वारा पत्रकारहरुको जायज माँग सम्बोधन गर्न संघीय गृह मन्त्रालय र प्रदेशको सुरक्षा प्रमुखलाई आग्रह

  • साउन २५, २०८०
  • ५७३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, २५ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले सप्तरीका पत्रकारहरुको जायज माग सम्बोधन गरी समस्याको निकास खोज्न सङ्घीय गृह मन्त्रालय र प्रदेशका सुरक्षा प्रमुखहरुलाई आग्रह गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८० साउन २३ गते जारी गरेको सूचना अनुसार पत्रकार समेतलाई उल्लेख गरी बिना अनुमति कार्यालय परिसरभित्रको फोटो तथा भिडियो खिंच्न रोक लगाएको हो । उक्त विषयमा मन्त्री समिमले विहीबार फोन गरेर गृह मन्त्रालयलाई जानकारी गराउनु भएको छ भने मधेश प्रदेशका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईलाई निर्देशन दिनुभएको छ । वहाँले प्रशासन कार्यालयको उक्त सूचना उर्दी जस्तै भएकोले अविलम्ब फिर्ता लिई नेपाल पत्रकार महासघ सप्तरी शाखासँग वार्ता सम्वादमा आई समस्या समाधान गर्न प्रहरी प्रशासनलाई निर्देशन समेत दिनुभएको छ । पत्रकारहरुमाथि कुटपीट एवम् दुव्र्यवहारका घटनाहरु भएकोप्रति दुःख व्यक्त गर्नुहुँदै वहाँले यस्ता घटनाहरु दोहोरिन नदिनका लागि सचेत गराउनुभएको छ । मिडियाको अधिकार कुण्ठित भए लोकतन्त्र नै खतरामा पर्ने भएकोले कुनै पनि बहानामा पत्रकारहरुलाई समाचार सङ्कलन तथा सम्प्रेषणमा अवरोध नपुर्याउन सम्वद्ध सबैपक्षसँग मन्त्री समिमले आग्रह गर्नुभएको छ । पत्रकारहरुलाई कुनै प्रकारको बाधा अवरोध नगरी भयमुक्त वातावरणमा पत्रकारिता गर्ने वातावरण वनाउन समेत वहाँले आठ ओटै जिल्लाका सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ । यसअघि मधेश प्रदेश सभा सदस्य सतिश कुमार सिंह र आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पछिल्लोपटक सुरक्षा निकायबाट पत्रकार मनोहर कुमार पोखरेलमाथि कुटपीट तथा अन्य पत्रकारहरुलाई गरिएको दुव्र्यवहारका घटना, जिल्ला प्रशासन कार्यालय सप्तरीको बिना अनुमति फोटो तथा भिडियो नखिच्न जारी गरेको सूचना, नेपाल पत्रकार महासंघ शाखा सप्तरी सङ्घर्षमा उत्रिन बाध्य भएको अवस्था लगायतका विषयमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मो। समिमलाई जानकारी सहित ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...