नार्कद्वारा नेपालमा गोलभेँडाको नयाँ रोग ‘टार्गेट स्पट’ भेटिएको पुष्टि ने नार्कद्वारा गोलभेंडाको नयाँ रोग ‘टार्गेट स्पट’ मा अनुसन्धान सुरु

  • साउन २५, २०८०
  • ४०८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का बैज्ञानिकहरुले नेपालमा गोलभेडामा लाग्ने रोग ‘टार्गेट स्पट’ पहिलो पटक भेटिएको जनाएका छन् । गतबर्ष काभ्रेको पनौतिमा देखिएको यो रोग अल्टरनेरिया डढुवा, सेप्टोरिया थोप्ले रोग र व्याक्टेरियल स्पट सँग मिल्दोजुल्दो देखिए पनि सङ्का लागेर नार्कको प्रयोगशालामा जाँच गर्दा यो नयाँ रोग पता लागेको हो । हाल यो रोग नुवाकोटको बेलकोटगढी नगरपालिकामा पनि देखिएको छ । नार्क अन्तरगतको राष्ट्रिय वालीरोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खडकाले किसानबाट गोलभेडामा रोग लागेको गुनासो आएपछि अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए । ‘सुरुमा किसानहरुले व्याक्टेरिया भनेर बिषादी हालेको तर रोग नियन्त्रणमा नआएपछि सो रोगको बारेमा हामीले अनुसन्धान सुरु गर्यौ’ बैज्ञानिक खडकाले भने, ‘हामीले सर्वप्रथम नयाँ रोग भन्ने कुरा एकिन गर्यौं । त्यसपछि डिएनए परीक्षण गरेर पिसिआर गर्यौं । त्यसपछि हङकङमा सिक्वेन्सिङ गरेर थप प्रमाणित गर्ने काम गर्यांै ।’ हामीले अनुसन्धान गर्दा टार्गेट स्पोट रोग पता लागेको र त्यसका लागि म्यान्कोजेब र कपर अक्सिक्लोराइड ढुसीनासक बिषादी त्यसमा प्रयोग गर्न सिफारिस गरेको उनले बताए । यसमा थप अनुसन्धान जारी नै रहेको उनले बताए । यो रोगबाट बचाउन बिरुवा देखि बिरुवा सम्मको दुरी प्रशस्त राख्ने, नियमित झारपात हटाउने, बिरुवाको काँटछाँट गरी सरसफाइ गर्ने, नाइट्रोजनयुक्त मलको प्रयोग कम गर्ने र फोहोरा सिँचाइ नगर्ने गर्दा रोगको प्रकोप घटाउन सकिने डा. खडकाले जनाएका छन् । राष्ट्रिय बालीरोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज बैद्यले यस्तै रोग गोलभेडामा पहिले पनि छिटपुट देखिने गरेको तर अरु रोगसँग मिल्दाजुल्दा लक्षणका कारण किटान गर्न नसकिएको बताए । हाल आएर किसानले गुनासो गरेपछि गहिरो अनुसन्धान गर्दा नयाँ रोग फेला परेको बैद्यले बताए । उक्त केन्द्रका अनुसार यो रोग आद्र्र मौसममा बढी देखिन्छ । यो रोग लागेमा पातमा स–साना खैरा थोप्ला देखिन्छन् र बढदै जान्छन् । यस्ता थोप्लाहरु पातको मुख्य नसा वरिपरि बढी देखिन्छन् । यो रोगको लक्षण प्रायः तलका, पुराना र भित्र पट्टिका पातहरूबाट सुरु हुन्छ र बिस्तारै रोगले डाँठ र फलमा पनि सङ्क्रमण गर्ने गर्छ । सङ्क्रमण बढी भएको अवस्थामा पात र डाँठ जोड्ने भागमा खैरो घेरा बनी बिरुवा बाट पात सजिलै छुट्टिन्छ । रोगको संक्रमण अत्याधिक भएमा पात र डाठ पुरै मर्ने हुँदा समयमै व्यवस्थापन गर्न जरुरी हुन्छ । यस रोगको कारक ढुसी खेतमा गोलभेँडा नभएको बेला झारहरू र गोलभेँडाका अवशेषहरूमा बाँच्ने गर्दछ । मौसम आद्र्र, तापक्रम बढेको बेला र पातहरू लामो समय सम्म भिजिरहने अवस्थामा ढुसीले सङ्क्रमण गर्न सुरु गर्दछ । खास गरी पानीको थोपाहरू र हावाले ढुसीका बीजाणुहरूलाई स्वस्थ बिरुवासम्म लैजाने गर्दछन् । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा हालसालै केही नयाँ रोग र किराहरु फेला पर्ने क्रम जारी रहेको र यसबाट सरोकारवालाहरु सजग रहनुपर्ने आवश्यक रहेको जनाएका छन् । उनले बिभिन्न बीउबिजनको बिना क्वारेन्टिन लुकाइछिपाइ पैठारी, जलवायु परिवर्तन र बदलिएका खेतीपातीका तौरतरिकाका कारण यस्ता समस्या देखिने गरेको हुनाले समयमै किसानले कुनै सङ्कास्पद रोगका लक्षण देखिएमा सूचना दिंदा समयमै अनुसन्धान गरी ती रोगको निदान र व्यवस्थापन विधि उपलब्ध हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...