बिष्णुपुर गाउँपालिकालाई सुख्खा क्षेत्र घोषणा गरि राहत प्रदान गर्न जनमतको ज्ञापन पत्र

  • साउन २७, २०८०
  • ६७९ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स / सिरहा ।तराई मधेसको जिल्ला क्षेत्रहरूमा अति न्यून बर्षा भै खडेरी लागेको भन्दै जनमत पार्टी बिष्णुपुरले ज्ञापन पत्र बुझाएको छ । भुमिगत जलश्रोत सुकेको र सिचांई सुबिधा समेतको अभाव रहि खानेपानी समेतको हाहाकार रहेको भन्दै जनमत पार्टी बिष्णुपुरको नेता तथा कार्यकर्ताहरुले शनिबार आफ्ना विभिन्न माँगहरु राख्दै गाउँपालिकालाई ज्ञापन पत्र बुझाएको हो ।FB_IMG_1691819964892 ज्ञापन पत्रमा बिष्णुपुरलाई सुख्खा क्षेत्र घोषणा गरि किसानहरूलाई राहत प्याकेज बितरण , खानेपानी ,सिचाइको ब्यबस्थाको साथै पुरानो सिचाइ बिधुत मशुल पालिका बाट उपलब्ध गराईदिने जस्ता मांगहरु उल्लेख गरिएको छ । ज्ञापन पत्र जनमत पार्टीका प्रत्यासी उम्मेदवार ड. सत्यनारायण यादव , उपाध्यक्ष गंगा कुमारी यादव , नगर अध्यक्ष राम चन्द्र यादव , पर्यबेक्षक कृष्ण यादव ,छेदी यादव तथा पार्टी कार्यकर्ताहरु राम वृक्ष यादव ब्रहम देब यादव ललन यादव आदि नेता कार्यकर्ताहरूको उपस्थितिमा बुझाएको थियो भने उता गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवले आफू कृषि र किसानको समस्या सामधानको लागी पहिल्यै देखि प्रतिबद्ध रहेको बताए । अध्यक्ष यादवले आफ्ना पालिका भित्र सिचाइ तथा खानेपानी ब्यबस्थापन देखि लिएर बिष्णुपुरलाई सुख्खा क्षेत्र घोषणाको लागि पहलमा जुटि सकेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...