जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट

  • साउन २८, २०८०
  • ३४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरी कोसी प्रदेशकै सर्वोत्कृष्ट घोषित भएको छ ।आर्थिक वर्ष २०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोसी प्रदेश अन्तर्गत सम्पुूणर् जिल्ला प्रहरी कार्यालयहरू मध्ये सुनसरी सर्वोत्कृष्ट हुन सफल भएको हो । सर्वोत्कृष्ट भएको सुनसरी प्रहरीलाई कोसी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सुनसरी प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाललाई प्रशंसा पत्रद्वारा सम्मान गरेका छन् । विराटनगरमा शुक्रवार आयोजित सम्मान कार्यक्रममा बास्तोलाले ढकाललाई उत्कृष्ट कार्यसम्पादन गरेको प्रशंसा पत्रबाट सम्मान गरेका हुन । गत वर्षको साउन २० गते देखी सुनसरी प्रहरीको कार्यभार सम्हालेका प्रहरी उपरीक्षक ढकालले एक वर्षको कार्यकालमा सबैको साथ सहयोगमा शान्ति सुरक्षा र अमनचैन कायम राख्न सफल भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...