अन्तराष्ट्रिय युवा दिवसमा मानव साङ्गलो

  • साउन २८, २०८०
  • ३७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा,२७ साउन । २४ औं अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भगवानपुर गाउँपालिकाको ठाढिस्थित मानव साङ्गलो निकालिएको छ । दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ ःनवप्रवर्तन र उद्यमशिलतामा हरित सिप विकास मुल नाराका साथ निकालिएको साङ्गलोमा बजारको विभिन्न ठाउँ हुँदै ठाढीको भन्सार कार्यालयमा गएर टुङ्गिएको थियो । युवाहरुको हकाधिकारका लागि हरेक निकायसँग पहल कदमी थालिएको जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले बताए । स्थानीय तह अन्तर्गत रहेको वडा देखि केन्द्रस्तरसम्म आफुहरुले युवाको पक्षमा काम गर्नुपर्ने विषयहरुको उठान गर्दै आएको उनले जनाए । लागुऔषधले युवासँगै समाजलाई ध्वस्त बनाउदै लगेको हुँदा त्यसलाई नियन्त्रण गर्न सुरक्षा निकायसँगै परिवर्तन, शन्ति र चौतर्फी विकास चाह्ने पक्षहरुले लागुऔषध नियन्त्रण हुने गरी प्रभावकारी प्रयासहरुको थालनी गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक राजेन्द्रराज पाण्डेले बताए । आवश्यक परेको बेलामा युवालाई प्रयोग मात्र नभई अवसरका सन्दर्भमा सदुपयोग गर्न सम्बन्धित सरोकारवालाहरुसँग उनले आग्रह गरे । युवाको बनोवल उच्च राख्ने गरी काम भयो भने आर्थिक बृद्धिदरमा सहयोग पुग्ने उनको धारणा रहेको छ । युवालाई लागुऔषधको प्रयोगबाट बचाउनुपर्ने आजको मुख्य आवश्यकताको विषय बन्न पुगेको अधिकारकर्मी गंगा अधिकारीले बताईन् । लागुऔषध नियन्त्रणमा सिमावर्ती भेगका बासिन्दालाई चनाखो भएर क्रियाशिलता देखाउन उनले आग्रह गरिन् । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा भएको कोणसभामा नागरिक अगुवा, महिला अधिकारकर्मी, विद्यार्थी लगायतका अन्य व्यक्तिले युवाको विकास र लागुऔषध नियन्त्रणको सवालमा आ–आफ्ना विचार व्यक्त गरे । जिल्ला प्रहरी कार्यालय, भगवानपुर गाउँपालिका, दलित जन कल्याण युवा क्लब लहान, समग्र जन उत्थान केन्द्र, प्रदेश युवा संजाल, जागृति नेपाल, मेची महाकाली बुहारी संयुक्त आवाज, मातृभूमी युवा समाज नेपाल, मुक्ति नेपाल लगायत जिल्लामा क्रियाशिल रहेका संस्थाहरुको आयोजनामा भएको उक्त साङ्गलोमा विद्यार्थी, युवा, राजनीतिककर्मी लगायत हजारौं व्यक्तिहरुको सहभागीता रहेको युवा अभियानकर्मी मोहम्मद नईम राईनले बताए । युवा तथा अधिकारको क्षेत्रमा काम गर्नेहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको उनले थपे । राज्यका सबै तह तथा निकायमा युवाको समान सहभागीतालाई सुनिश्चित गर्नुपर्ने प्रतिकृया दिँदै कर्जन्हा नगरपालिकाकी नगर उपप्रमुख लक्ष्मी श्रेष्ठले बताईन् । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र लगायत देशको समग्र विकासमा युवाहरुको प्रमुख भुमिका रहि आएको हुनाले युवाहरुको हकाधिकारलाई संविधानमै ग्यारेण्टी गर्नुपर्ने उनको विचार रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...