सरकारले पर्यटन वर्ष २०२० मनाउदै

  • चैत २, २०७५
  • १४६ पटक पढिएको
  • सदिक्षा गैरे
alt

कावासोती २ चैत्र । सरकारले पर्यटन वर्ष २०२० मनाउदै गर्दा नवलपुरमा पर्यटको संख्यामा वृद्दि गर्नको लागि नवलपुरका युवाहरुले भिजिट नवलपुर अभियान संचालनमा ल्याईरहेका छन् । यस अन्र्तगत बिनय आज त्रीवेणी गाउपालिकाको विभिन्न ऐतिहासिक,धार्मिक स्थल र पर्यटकिय सम्भावना रहेका छेत्र अवलोकन गर्दे उनिहरुले यसलाइृ प्रचार प्रसारमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । आजको कार्यक्रम अन्र्तगत दाउन्ने देबि मन्दिर,कैउलानी देबी थान,सुस्ता क्षेत्र , त्रीबेणी धाम , गजेन्द्र मोक्ष लगाएतका पर्यटकिय तथा धर्मिक मठ मन्दिर,ऐतिहासिक र पर्यटकीय क्षेत्रको अवलोकन गरिएका थियो । सहयोगी संस्था, दिप आर्दश सामाजिक विकास नेपाल र आउँ युवा देश बनाऔं,नवलपुरको संयुक्त आयोजनामा यहि फागुन ४ देखि जेठ ४ गते सम्म हुने ३ महिने भिजिट नवलपुर अभियानले आज पनि निरन्तरता पाएको हो । यसै कार्यक्रम अन्त्रगत आज बिनयत्रीबेणी गाउपालिको भिजिट गरिएको हो यस अभियानले नवलपुर जिल्लालाई पर्यटन विकासमा ठुलो सहयोग पुग्ने बिनय त्रीवेणी गाउँपालिकाका उपाध्यक्ष मिना राना मगरले बताउनु भयो । सो अबसरमा बिनय त्रीवेणी गाउपालिका वडा नं २ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकालले प्राकृतिक सौन्दर्य , ऐतिहाऐक स्थल र धार्मिक हिसाब ले अत्यन्तै महत्त्व बोकेको छेत्रको रुपमा चिनाउनु पर्नेमा जोड दिनु भयो । उहाले यो अभियान सहरानिय रहेको र यसमा सबै सरोकारवालालाई सहयोग गर्न समेत आवाहान गर्नुभयो । कर्यक्रममा सहयोगी संस्थाका अध्यक्ष ओमकार घिमिरे , उपाध्यक्ष निरज सुबेदि , दिप आर्दश सामाजिक विकास नेपाल (ड्याड नेपाल)का अध्यक्ष किरण भुर्तेल , सामाजिक अभियान्ता सुर्य पौडेल,तिर्थराज काफ्ले,गोबिन्द आचार्य लगाएतका २५ युवाहरूको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...