आबि राजोखरमा ड्रेस सहित विद्यार्थी बालबालिकालाई शैक्षिक सामग्री बितरण

  • भदौ ५, २०८०
  • ७३३ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स ५ भदौ/ सिरहा ।  सामुदायिक बिदालयका विद्यार्थीहरुलाई पढाई प्रती उत्साहित गर्न अधारभुत बिदालय राजोखैरको विद्यार्थी बालबालिकाहरुलाई ड्रेस सहित शैक्षिक सामग्री बितरण गरेको छ । कतिपय विद्यार्थीहरु ड्रेस र शैक्षिक सामग्रीहरुको अभावकै कारण बिदालय निरन्तर आउन नसकेको भन्दै बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा सोमबार एक कार्यक्रम बिच विद्यार्थी बालबालिकाहरुलाई ड्रेस र शैक्षिक सामग्री बितरण गरेको वडा ३ को अध्यक्ष जयकुमार यादवले बताए । कार्यक्रममा प्रमुख अतिथी तथा गापा अध्यक्ष यादवले निजि बिदालय र सामुदायिक बिदालयको विद्यार्थीको अबस्थाहरुको बारेमा कोट्याउदै निजि बिदालयमा पढने विद्यार्थीलाई पढाईको लागि गर्ने व्यबहार जस्तै सामुदायिक बिदालयमा पढने विद्यार्थीको अबिभावकहरुले पनि आफ्ना बालबालिकाहरुलाई व्यबहार गर्यो भने सामुदायिक बिदालयको पनि गुणस्तरीयता बढ्न्ने साथै विद्यार्थीहरु पढाइ प्रती आकर्षित हुने बताए । त्यसतै सानो बजेटले उपलब्धिमुलक काम भएपछि जनता खुशी हुनु स्वभाबिक नै हो भन्दै विद्यार्थीहरुको न्युनतम आवश्यकता र बिदालय शिक्षा मापदण्ड अनुसार अझ शैक्षिक कार्यक्रमहरुको लागी थप ससक्त्त भै अगाडि बढ्नु पर्ने बिष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शैलेश यादवले बताए । बिदालय ब्यबस्थापन समिती बिश्वराम यादवको अध्यक्षता र बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यमा राखिएको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख दिप कुमार यादव , शिक्षक दिनेश यादव, छेदी साह , बिदालयका पुर्व अध्यक्ष जिबनाथ यादव सन्तोषी यादव राम अशिष रजक, वडा ५ को जनप्रतिनिधि जयनाथ महतो लगायत स्थानीय अबिभावक ,पत्रकार ,बुद्धिजीवी शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो भन्ने कार्यक्रमको उद्घोषण शिक्षक शिव शंकर यादव र कार्यक्रमको संयोजन प्र. अ. राम नरायण साहले गरेको थियो । "कम बजेट र उचित समयमा गरिएको कार्यक्रमले जनता हर्षित भए "।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...