बिष्णुपुरमा चोरको आतंक , प्रमाणित भैसकेको चोर समात्न प्रहरीको ढिलाइ

  • भदौ ६, २०८०
  • ८०२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स / सिरहा । बिगत केही दिन देखी सिरहाको बिष्णुपुरमा चोरको आतंक नै भएको छ । खानेपानी कल देखि लिएर मोटर सिचाइका कल चोरी गरि किसानलाई आजित पारेका छन । चोरले समान चोर्ने र कबाडीमा बेच्ने गतिविधि व्यापक रुपमा फैलिदै गएपनी प्रहरी प्राशासनले यस्ता अप्राधिक घटना गर्नेहरुलाई समातेर कार्यबाही गर्न पछि परेका छन । केही दिन अघि सिरहाको बिष्णुपुर गाउँपालिका वडा ३ बस्ने एक युवा रबिन्द्र यादवले जक र चापाकल चोरी गरि कबाडीमा बेच्न लागदा कबाडी बलाले चोरको फोटो तानेर राखेका थिए । आफ्नो समान चोरेर कबाडिमा बेचेको भन्दै एक जनाले प्रहरीमा उजुरी गरेपछि बिष्णुपुर प्रहरीले कबाडी खरिद गर्नेलाई पक्राउ गरेका थिए । पक्राउपर्ने कबाडीबलाले चोरिको समान बेच्ने ब्यक्तिको फोटो सहित राखेको भन्दै चोरको साटो मेरो मान्छे किन समातिए पत्रकारलाई गुहारेका थिए । कबाडीबला सँग रहेको चोरको फोटोको अधारमा लेखेपछी पत्रकारलाई ज्यान मार दिने धम्की गरेका छन । धम्की दिने ती चोर सिरहाको बिष्णुपुर वडा ३ को सिटहु यादवको छोरा रबिन्द्र यादव रहेको खुलिए पनि प्रमाणित भएको चोर समात्न प्रहरीको ढिलाईले किसान देखि पत्रकार सम्म त्रसित भएको छ । मंगलबार चोर रबिन्द्र यादवले मोबाइल नम्बर +9779819792877 बाट चोरको बारेमा लेख्ने प्रदेश टाइम्स दैनिकका प्रकाशक सम्पादक रामपुकार यादवलाई ज्यान मार्ने धम्की दिएका छन । समाजमा शान्ति अमन चयन र समाजिक रुपान्तरणको क्षेत्रमा बर्षौ देखि कलम चलाउँदै आएको पत्रकारलाई समाजमा अप्राधिक गतिविधि गर्ने चोरले ज्यान मार्ने धम्की दिनु प्रहरी प्रशासनको लागि चुनौती नै हो इप्रका बिष्णुपुरको इन्चार्ज बैदनाथ दासले बताए । इन्चार्ज दासले समाजमा चोरी गर्ने धम्की गर्ने अप्राबिधिक गतिविधि गर्ने जस्ता आप्राधिक ब्यक्तिलाई कानुनको दायरामा ल्याई कार्यबाही गर्न आफू सदैब अग्रसर रहने बताए पनि चोर पक्रीन ढिलाई किन? ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...