एमालेको सचिवालय बैठक स्थगित

  • भदौ ९, २०८०
  • ४४८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 भदौ ९ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ३ र हाल धनगढीमाई १४ को राईरैनीमा पूर्व घोषित एमालेको सचिवालय बैठक खराब मौसमका कारण स्थगित भएको छ । बाटोघाटोको सहजता नरहेको यस ठाउँमा गत विहिवार रातिबाट निरन्तर रुपमा परिरहेको अविरल वर्षाका कारण स्थानिय खोलाहरूमा आएको बाढी, स्थानिय बाजी गाछि र सुलसुलेमा बाटो बिग्रिएपछि कार्यक्रम स्थलमा सहज पुग्ने अवस्था नरहेको कारणले बैठक क्यान्सिल गरिएको हो । बैठक १३ गतेसम्मको लागि स्थगित गरिएको नेकपा एमालेका जिल्ला कार्यसमिति सिरहाले जनाएको छ । करिब ३४ वर्ष अगाडि तत्कालिन नेकपा (माले) को महाधिवेशन २०४६ साल भदौ ९ गतेको दिनमा भएको तत्कालीन घरमा पुनः केन्द्रीय सचिवालयको बैठक आयोजना गर्न लागेको थियो यसै घरमा सम्पन्न ऐतिहासिक महादिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिव बनाएको थियो । कम्निस्ट आन्दोलन सफल भएपनि नेकपा एमालेले पटक पटक राज्यसत्ताको बागडोर सम्हालिसकेपनि ऐतिहासिक स्थल मानिएको सर्रे आम्वासले त्यसको आभास हालसम्म पाउन सकेको छैन । राज्य ब्यबस्था परिवर्तन भएपनि हालसम्म यस ठाउँमा पुग्नका लागि बाटो सहज छैन , विजुलीको सहज पहुँच छैन ,यहाँको बासिन्दाले आज पनि ३४ वर्ष अधिकै अवस्था भोगीरहेका छन । नेताहरुले जति ठूलो कुरा गरेपनि वास्तविकतामा यस ठाउँको विकासप्रति उदासीन देखिन्छ । मदन भण्डारी पार्कमा पुग्नका लागि पनि सहजता छैन भने हालसम्म जे जति बजेट उक्त पार्कको लागि आएपनि समितिमा आफ्नै पार्टीका मान्छेहरू राखेर विकास कार्यालाई अगाडि बढाउदा वास्तविक विकासको अनुभूति स्थानीयले गर्न नपाएको अवस्था रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...