असार साउनमा जन्मेको घरमा नेकपा एमालेको सचिवालय बैठक : अध्यक्ष ओलि

  • भदौ १४, २०८०
  • ७२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । एतिहासिक पृष्ठभुमि रहेको नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक असार साउनमा जन्मेको घरमा भएको नेकपा एमाले पार्टीका अध्यक्ष केपी शर्मा ओलिले बताउनुभयो । पार्टी अध्यक्ष ओलिले बुधबार सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ सरेअम्बासमा पार्टी सचिवालयको बैठक गर्दै भुमिगत समयको बेला पार्टीको चौथो अधिवेशन एक दिनमै रातारात असार साउनको बेला घर निर्माण गरि गरेको थिए । आज त्यही असार साउनमा जन्मेको घरमा ३४ बर्ष पश्चात् पार्टी सचिबालयको बैठक गरेको बताउनुभयो । उहाँले २०४६ ताका एमालेको एतिहासिक ठाउँ अम्बासमा चौथो महाधिवेशन गरेका थियौं । त्यस अधिबेशनले मदन भण्डारिलाई महासचीव चयन र पंचायती ब्यबस्था अन्त्यका लागि संयुक्त मोर्चा बनाएर अगाडी बढ्नुपर्ने निर्णय सम्म पुग्न सफल भएको कारण सिरहाको सरे अम्बास एमालेको लागि एतिहासिक ठाउँ रहेको बताए । उहाँले पंचायतकालमा पनि नेकपा एमाले अति दुर्गम ,बिकट र कुनाकन्द्रा जस्ता ठाउँहरुमा पुगेका थिए । सिरहाका अम्बास पनि अति दुर्गम नै थियो तर एमालेको गढ थियो आज पनि यश ठाउँमा एमालेको गढ नै छ । एतिहासिक ठाउँ अम्बासका महत्वहरुको बारेमा आफ्ना धारणा व्यक्त गरेका थिए । पार्टी अध्यक्ष ओलिले सरकार सुशासनको पक्षमा नउभिएको आरोप लगाए । उहाँले सरकार भ्रस्टाचार गर्नेलाई जोगाउने खेलमा लागेको बताए । उहाँले सत्तापक्ष सरकारलाई इंकित गर्दै अवसरवाद र स्वार्थका राजनिती गर्नेहरु आफ्ना पार्टी सँग लिने जति लियो तर विभिन्न जालझेल प्रपंच गरि पार्टी फुटाउने ,भत्काउने खेल गरेको आरोप लगाए । उहाँले सरकार चलाउने हुति कुनै पार्टीमा न रहेको देखिसक्यौ भन्दै आफ्ना पार्टी स्वबिचार सक्रिय र सिधाान्त तह रहने बताए । पार्टी अध्यक्ष ओलिले कम्युनिस्ट आन्दोलनको ७५ बर्ष पुगेको उपल्क्षयमा चौथो महाधिवेशनमा साथ सहयोग गर्ने केही स्थानीयहरुलाई सम्मान गर्दै ३४ बर्ष पहिले चौथो महाधिवेशनमा भोगेका भोगाई साथै त्यस समय भुमिगतकाल र बिकट क्षेत्रमा अधिबेशन गर्न अपनाएका सुरक्षा सुत्र ,नीति तथा रणनीतिहरुको बारेमा बताएका थिए । । सिरहाको अम्बास जहाँ आज पनि बिकास मन्द गतिमा देखिएका छन । प्रबिधिले द्रुत गतिमा फडको मारिरहेको बेला पनि बति बल्न सकेको छैन । शिक्षा सुधारको निम्ति बिकास पुर्वाधार तथा संरचनाहरु निर्माणको खाँचो देखिएको छ । एक स्थानीय जयराम यादवले बताए । स्थानीय यादवले यो एतिहासिक ठाउँमा बिदालय ,शिक्षा स्वास्थ ,कृषी उधोग कलकारखानाको बिकास हुनु अति आवश्यक रहेको बताए । अब राजनिती पार्टीहरुको प्रतिबद्धता र राज्यको दुरदर्शिता विकट क्षेत्र सिरहा सरेअम्बासका जन्ता उपर रहने छ आशातित छु भन्दै एतिहासिक ठाउँमा नेकपा एमालेको सचिवालय बैठक गौरवपुर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...