राहत शिक्षकको स्वत्: स्थायित्वको माँग गर्दै सिरहामा मस्यौदा जलन

  • भदौ ३१, २०८०
  • १५८४ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स /सिरहा । अनुदान कोटामा कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूले संवत्: स्थायित्वको माँग गर्दै सिरहामा मस्यौदा जलाएको छ । राहत शिक्षक महासंघले सरकारले हालै ल्याएको शिक्षा ऐन मस्यौदा आफुहरु संग भएको सहमति विपरीत सरकारले ल्याएको भन्दै ऐन संशोधन गर्न माँग राख्दै शुक्रबार शिक्षा समन्वय इकाई सिरहाको अगाडी मस्यौदा जलाएका हुन ।IMG20230915140046 राहत ,करार शिक्षकहरूले राहत शिक्षक स्थायित्व , उमेरको हद नलाग्ने , शिक्षकहरूको थप सेवा सुबिधा र अन्य विभिन्न मांगहरु राखी बिगत केहि दिन देखी चरण बद्द आन्दोलनमा रहेको छ । आन्दोलनरत शिक्षकहरूले सरकारले संसदमा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक( २०८०) मा राहत शिक्षकलाई स्वतः शिक्षक दरबन्दीमा परिणत गर्ने प्रावधान समेटिएको रहेपनी यसलाई व्यवास्ता गरि अगाडी बढेको प्रती चिन्ता व्यक्त गरेका छन । विधेयकको मस्यौदाको परिच्छेद ५ मा सार्वजनिक विद्यालयका शिक्षक दरबन्दी तथा पदपूर्ति सम्बन्धि व्यवस्थामा राहत शिक्षकलाई स्वतः स्थायी दरबन्दीमा परिणत गर्ने विषय समेटिएको छ। तर भन्ने राज्यले यसलाई व्यवास्ता गरेको रहत शिक्षक संघ केन्द्रिय समितीका सचीव शिव शंकर कामतिले जनाएका हुन ।IMG20230915140017

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...