भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुकको पाँचौ स्थानमा

  • असोज ४, २०८०
  • ३३५ पटक पढिएको
  • राम पुकार यादव
alt

 राम पुकार यादव/ सिरहा । विगत ७ बर्षको भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुक पाँचौ स्थानमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवास महोत्तरीको आयोजना र बिष्णुपुर गाउँपालिकाको सहकार्यमा भ्रस्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम गर्दै भ्रष्टाचार अनुभुती सूचकांकमा नेपाल सार्क मुलुकको पाँचौ स्थानमा रहेको सार्वजनिक गरेको छ । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीको उपसचिव हरि कृष्ण कार्कीले सुशासनको लागी सदाचार ,निष्पक्षता र निर्भिकतामा जोड दिदै कर्मचारी र जनप्रतिनिधिलाई जवाफदेही र उत्तरदायी बन्न सुझाएका थिए । उपसचिव कार्किले भ्रष्टाचार नियन्त्रण एवंम निवारणको लागि परेका उजुरी र कार्यबाहिहरुको बारेमा आफ्ना धारणा व्यक्त गर्दै विभिन्न सरोकारवालाहरुको जिज्ञासाहरुलाई सम्बोधन गरेका थिए । उहाँले मधेस प्रदेशको धनुषा जिल्लाको सुशासन कमजोर देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...