कार्यकक्षबाटै पाँच लाख घुससहित मालपोत प्रमुख मण्डल पक्राउ

  • मंसिर ६, २०७६
  • १०४६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

पाँच लाख घुससहित सिरहा मालपोतका निमित्त प्रमुख पक्राउ सिराहा : अख्तियारले भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख रामबाबु मण्डल पाँच लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रवक्ता हरिप्रसाद घिमिरेका अनुसार सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै शुक्रबार पक्राउ गरिएको हो। मण्डलले एकजना सेवाग्राहीका नाममा आएको जग्गाबारेको निर्णयसहितका कागजात उच्च अदालत जनकपुरको राजविराज इजलासमा पठाउन आनाकानी गर्दै घुस मागेका थिए। घुस मागेको जानकारी सेवाग्राहीले दिएपछि अख्तियारको टोली सिरहा पुगेको घिमिरेले बताए। उनले भने 'घटनाको विस्तृत विवरण आउन बाँकी छ, अख्तियारको टोलीले नियन्त्रणमा लिएर मुजुल्का बनाउँदै छ।'

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...