जिर्ण अबस्थामा खिरौनाको जनस्वास्थ्य भवन,करोडौं लगानीका स्वास्थ उपकरण लथालिङ्ग

  • असोज १२, २०८०
  • ९०० पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । सिरहा नगरपालिका वडा नम्बर १४ को खिरौना जनस्वास्थ्य कार्यालयको भवन जिर्ण अबस्थामा रहेको छ । कतिखेर भत्किने ,चर्किने अबस्थामा रहेको त्यो भवनमा राखिएको स्वास्थ उपकरणहरु पनि लथालिङ्ग अबस्थामा रहेको छ । स्वास्थ्य उपकरण बिना बिरामीको जाँच पनि सम्भव छैन । बिल्डिङको माथी छत बाट चट मात्रै झरेको छैन बर्षातको समयमामा पानी पनि चुहिने गरेकोले कोठा भित्र राखिएको स्वास्थ सामग्री समेत खरब हुनेदेखिएको छ । जनस्वास्थ्य कार्यलय खिरौनामा बर्थिङ सेन्टर पनि छ । तर स्रोत साधन बिना बन्द नै छ ।IMG20230927145828 बर्थिङ सेन्टरमा उपलब्ध भएको सामग्रीहरु पनि जिर्ण अबस्थामा देखिएको छ । स्थानीय सरकार संग कति चोटि पहल गरिसके तर भन्ने उनिहरुको नजरमा खिरौना जनस्वास्थ्यको अबस्था देखिएन । देखे पनि नजर अन्दाज गरेको सुनाउँछन् कर्यालय कर्मचारीहरु ।IMG20230927150247 प्रदेश जनस्वास्थ्य कार्यालायले मधेस प्रदेशको ६४ स्थानीय तहमा प्रादेशिक ल्याब स्थापना गर्न आर्थिक बर्ष २०७८/०७९ को मसान्तको अन्तिममा २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरे ।सिरहाको पनि स्थानीय तहहरुमा उपलब्ध गराइएको थियो । IMG-20230928-WA0000 ढिलो चाँडो ल्याब सामग्री उपलब्ध भएपनी सामग्री राख्ने भौतिक संरचनाको कमिले ल्याब सामग्री लथालिङ्ग अबस्थामा रहेको जनस्वास्थ्य कार्यालय खिरौनाको प्रमुख शत्रुधन मण्डलले बताए । जनस्वास्थ्य कार्यालय खिरौना सिरहाको भवनलाई तत्काल नयाँ भवन बनाउनु पर्ने अपरिहार्य रहेको बताउँछन् खिरौनाका स्थानीय रामकबिर पासमान । उहाँले सामग्री र उपकरणहरु मात्रै उपलब्ध गराएर हुदैन । राज्यले यसको लागी भौतिक संरचनाहरुको पनि व्यबस्थापन गर्नु उतिकै जरुरी रहेको बताए । IMG-20230928-WA0002 स्थानीय सरकार र प्रदेश सरकारको सहमति सहकार्यका साथै स्वास्थ क्षेत्रमा देखिएका आजको आवश्यकता बमोजिम पुर्ण रुपले नभए पनि सामग्रीहरु त उपलब्ध भएका छन । तर ती सामग्रीहरु संरक्षित तरिकाले बचाई राख्न भौतिक संरचना निर्माणमा पनि सबै तह तथा राज्यको ध्यान जानू जरुरी रहेको स्थानीय पासमानले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...