नेपाल स्वयं सेवक संघको गरुडा नगरपालिकामा नगर कमिटी गठन

  • असोज १२, २०८०
  • ३३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 मेवालाल यादव , रौतहट रौतहट जिल्लाको गरुडा नगरपालिकामा शुक्रबार नेपाल स्वयं सेवक संघ मधेस प्रदेशको गरुडा नगर कमिटी गठन भएको छ ! मधेश प्रदेशको विभिन्न जिल्लामा नेपाल स्वयं सेवक संघको संगठन विस्तार गर्ने क्रममा गरुडा नगरपालिकामा नगर कमिटी गठन गरिएको हो ! मधेश प्रदेशको फोकल पर्सन पूजा पाठकको विशिष्ट अतिथि तथा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि कल्वारको प्रमुख आतिथ्यमा संपन्न भएको नगर भेलाबाट राकेश यादवको अध्यक्षतामा ११ सदस्य नगर कमिटी गठन गरिएको छ । नव गठित नगर कमिटीको अध्यक्षमा रोहित कुमार जयसबाल, उपाध्यक्षमा कृष्ण कुमार सिंह, सचिवमा बिजय कुमार साह , सह सचिव जयप्रकाश चौधरी , कोषाध्यक्ष अञजनी कुमारी चौधरी , सदस्यमा प्रमानन्द साह , बिकास झा , सिमा देवि साह , श्रीती जयसवाल , आरती जयसवाल , शेख अल्ताफ सर्व सहमति बाट चयन गरिएको छ ! नव गठित नगर कमिटीको शुभकामना दिदै मधेश प्रदेश फोकल पर्सन पूजा तिमिल्सिनाले नेपाल स्वयं सेवक संघ सामाजिक सस्था रहेको र समाजमा रहेको विसंगति विकृतिलाइ हटाउने कार्यमा सक्रीय भएर लाग्नु पर्ने सुझाव दिए ! उहाले संगठन बलियो भएमा सवै बलियो हुने भन्दै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे !

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...