शक्ति महिला सामुदायिक संस्थाको अगुवाईमा शुभकामना आदानप्रदान

  • असोज १४, २०८०
  • ३१९ पटक पढिएको
  • Ram Pukar Yadav
alt

विनोद मण्डल, असाेज १४ । सिरहाको धनगढीमाईको कवर्ड हलमा धनगढीमाई वाडा नम्बर ९ मा रहेको शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा भव्यताका साथ जितिया पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा बिहान करिब १० बजे देखि आयोजना गरिएको कार्यक्रममा नगरका सबै वडाका करिब ३०० महिलाहरुको उपस्थितिमा जितिया पर्वको शुभकामना आदानप्रदान गरिएको थियो ।
धनगढीको जिरोमाईलमा रहेको कवर्ड हलमा पहिलो पटक शक्ति महिला सामुदायिक संस्थाले जितिया पर्वको अवसरमा शुभ कामना कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा गाउँ गाउँबाट सहभागिताका लागि उक्त कार्यक्रममा पुगेका महिला दिदी बहिनीहरूलाई नगरका वरिष्ट महिला प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा वक्ताहरुले शक्ति महिला सामुदायिक संस्थाले महिला माथि हुने सबै प्रकारका हिंशाहरुको विरुद्धमा आवाज उठाउँदै समाजलाई सचेत बनाउँदै आएको अवस्था रहेको बताए ।
नगरमा आफ्ना स्थापना समयदेखि यस संस्थाले महिलाहरुको हितमा फाइदाजनक कार्यक्रमहरु गर्दै आएको अवस्था रहेको हुनाले शक्ति महिला सामुदायिक संस्थाको माग गाउँ गाउँबाट बढिरहेको अवस्था रहेको छ ।
" आफ्नो संस्कृति आफै जोगाऔं " भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुले जातीय पहिरनमा सजिएर जितिया पर्वको मूल मर्मलाई ख्याल गर्दै सांस्कृतिक नाच गान सहित कार्यक्रमलाई अगाडि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...