शक्ति महिला सामुदायिक संस्थाको अगुवाईमा शुभकामना आदानप्रदान

  • असोज १४, २०८०
  • ३०१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स/ असाेज १४ । सिरहाको धनगढीमाईको कवर्ड हलमा धनगढीमाई वाडा नम्बर ९ मा रहेको शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा भव्यताका साथ जितिया पर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाको अध्यक्षतामा बिहान करिब १० बजे देखि आयोजना गरिएको कार्यक्रममा नगरका सबै वडाका करिब ३०० महिलाहरुको उपस्थितिमा जितिया पर्वको शुभकामना आदानप्रदान गरिएको थियो । धनगढीको जिरोमाईलमा रहेको कवर्ड हलमा पहिलो पटक शक्ति महिला सामुदायिक संस्थाले जितिया पर्वको अवसरमा शुभ कामना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा गाउँ गाउँबाट सहभागिताका लागि उक्त कार्यक्रममा पुगेका महिला दिदी बहिनीहरूलाई नगरका वरिष्ट महिला प्रतिनिधिहरूले शुभकामना दिनु भएको थियो । कार्यक्रममा वक्ताहरुले शक्ति महिला सामुदायिक संस्थाले महिला माथि हुने सबै प्रकारका हिंशाहरुको विरुद्धमा आवाज उठाउँदै समाजलाई सचेत बनाउँदै आएको अवस्था रहेको बताए । नगरमा आफ्ना स्थापना समयदेखि यस संस्थाले महिलाहरुको हितमा फाइदाजनक कार्यक्रमहरु गर्दै आएको अवस्था रहेको हुनाले शक्ति महिला सामुदायिक संस्थाको माग गाउँ गाउँबाट बढिरहेको अवस्था रहेको छ । " आफ्नो संस्कृति आफै जोगाऔं " भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा महिला दिदीबहिनीहरुले जातीय पहिरनमा सजिएर जितिया पर्वको मूल मर्मलाई ख्याल गर्दै सांस्कृतिक नाच गान सहित कार्यक्रमलाई अगाडि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...