शारदा बोर्डिङमा शिक्षकले निर्घात कुटपिट गरिएको बालकलाई पाँच दिन पछि उपचार

  • असोज १६, २०८०
  • १७६७ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । ११ बर्षिय बिबेक यादव कक्षा ३ मा पढछ । बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ राजोखर घर हुने ती बालक विवेक मिर्चैया स्थित शारदा बोर्डिङ स्कुलमा अध्ययनरत छन । राजोखर देखि मिर्चैया टाढा भएकोले उलाई बोडर्स नै राखेको थियो । विवेकको बुवा दिपेन्द्र यादव बर्षौ देखि खाडी मुलुकमा खट्दै आएका छन । खाडिमा आफुले बगाईरहेको पसिना जस्तै आफ्ना बालबच्चाहरुले नबगाउनुपरोस सोचदै ११ बर्षिय छोरा बिबेक यादवलाई राम्रो शिक्षाको लागि शार्दा स्कुलमा बोडर्स गरेको थियो । तर भन्ने राम्रो शिक्षा त्त के झन ज्यानै मार्ने गरि पिटेर होस्टलमा राखिएको पाँच दिन पछि थाहा पाएको घटनाले उसको मन दुखिएको छ । सोमबार मिर्चैया स्थित बिष्णु क्लिनिकमा शिक्षकको पिटाईले घाइते भएको विद्यार्थी बिबेकलाई उसको आफन्तले उपचार गराएका छन । हात र खुट्टामा बेसरी चोट लागेको त्यहाँ स्थित चिकित्सकले बताए । राम्रो शिक्षा हासिल गर्न बर्षको १ लाख ३५ हजार तिर्दै आएका ती विद्यार्थीको बुवा दिपेन्द्र यादव मिडिया कहाँ फोन गर्दै भकानिए । निर्दयी भएर विद्यार्थीलाई कुटपिट गर्ने यस्ता घटनाहरु निजि बिद्दालयहरुमा बराबर देखिएको छ । अस्ति मिर्चैयाकै अक्षर पाठशालामा एक विद्यार्थीलाई निर्घात कुटपिट भएको थियो । यस भन्दा अघि मिर्चैयाको सागरमाथा बोर्डिङ स्कुलमा पानीको साटो स्प्रीट खुवाको कारण उपचार गराउँदा गराँदै एक बालिकाको मृत्यु भएको थियो । सिरहाको सारसरनाथ उच्च माध्यमिक बिधालय समेतमा एक विद्यार्थी लाई शिक्षकले पिटेपछी हेडमास्ट सहित लेखापाल ,शिक्षक र कास माथी मुद्दा नै चलेको थियो । सिरहाका सामुदायिक तथा निजि बिद्दाब्बिद्दलयहरुमा यस्ता घटनाहरूको गिन्ती छैन । बालमनोबिज्ञान नै नबुझ्ने शिक्षकहरू राखेर विद्यार्थीको जीवन अन्योलमा रहेको एक जानकारले बताए । यस प्रती निकायहरू को चासो जानू जरुरी रहेको देखिन्छ । यसरी भोलिका कर्णाधार बालबालिकाहरु दिनहुँ शिक्षक बाटै पिटिनु सुनौलो जीवन निर्माणको लागि संबेदनसिल ठाउँ मानिने शिक्षालयहरु प्रती अबिभावकको बिश्वसनियता रहन्छ र ? बेथिति नै बेथिति छन बिदालयहरुमा । बिदालयमा शिक्षकहरू हर्कत देखेर आजित छन अबिभावकहरु । मापदण्ड पनि पूरा नगरी हचुवाको भरमा निजि बिदालय संचालन गर्ने र अबिभावक लुटने रबैया ले शिक्षामा बेथिति सृजना गरेको देखिन्छ । यस्ता बिदालय र अपराधी शिक्षकहरुलाई अनुगमन अनुसन्धान गरि उचित कार्यबाही गर्नुपर्ने जरुरी रहेको देखिन्छ । पैसाको लोभमा पृन्सिपलहरुले निजि बिदालयमा तालिम प्राप्त दक्ष र स्तरीय शिक्षक नराखेको कारण आम अबिभावकहरु ठगिदै गरेका छन । त्यस्ता बिदालयहरुमा पैसा लगानी गरेर पढन पठाईएका विद्यार्थीहरु झन असुरक्षित देखिएका छन । त्यसरी नै असुरक्षित महसुस हुने बोर्डिङ हो मिर्चैयाको शारदा बोर्डिङ । जुन मापदण्ड बिपरितका निजि बिदालय हो । जहाँ स्तरीय दक्ष शिक्षकहरू को उपस्थिति छैन । दिन दहाडै बालबालिकाहरुको भबिस्य अन्योलमा पारिदै छन्न । निमुखा अबिभावकहरु ठगिदै गरेका छन । यस्ता बिदालयहरुको अनुगमन गरि चाँडो कार्यबाही होस ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...