चैते धानको क्षेत्र विस्तार र उत्पादनमा ध्यान दिन कृषि मन्त्री भुसालको निर्देशन

  • असोज २५, २०८०
  • ३९६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) संघिय सरकारको कृषि क्षेत्रको प्रमुख निकाय भएकोले केन्द्र सरकारको नीति तथा कार्यक्रम अनुसार आफ्नो कार्यक्रम संचालन गर्नु पर्ने बताएका छन् । नार्कको अध्यक्ष समेत रहेका कृषि मन्त्री भुसालले नार्कले कृषि अनुसन्धानको क्षेत्रमा विभिन्न समस्याका बाबजुत पनि धेरै काम गरेको भएतापनि देशको आवश्यकता अनुसार अझै आफ्ना अनुसन्धान कार्यलाई अगाडि बढाउनु पर्ने आवश्यक रहेको बताए । त्यसैगरी गहुँ तथा अन्य बाली उत्पादनको क्षेत्रमा राम्रो भएतापनि धानको उत्पादन न्युन रहेकोले बिशेषगरी धानको उत्पादन बढाउनका लागि चैते धानको क्षेत्र विस्तार गर्न सकेमा केहि मात्रामा भए पनि उत्पादन बढाउन सकिने उनले बताए । चैते धानको क्षेत्र बढाएर धानको उत्पादन बढाउन सकिने बताउदै उनले त्यसका लागि मातहतका कार्यालयले योजना बनाइ कार्यान्वयन गर्नु पर्ने बताए । कृषि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रतिबद्ध भुसालले व्यक्त गरे । नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताए । मन्त्री भुसालको उपस्थितिमा नार्कको केन्द्रीय कार्यालय खुमलटारमा प्रदेश कृषि अनुसन्धान र समन्वय रणनीति साथै परिषद अन्तरगत सबै प्रदेश स्थित कृषि अनुसन्धान निर्देशनालायहरुको हालको अवस्था, समस्या र समाधानका उपायबारेमा समेत छलफल भयो। कार्यक्रममा परिषद अन्तर्गतका ६ वटा प्रदेशस्थित निर्देशनालय, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशकहरुले आ-आफ्नो प्रदेशको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे संक्षिप्त प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराई, प्रदेशस्थित निर्देशनालय, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पशु बिज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशकहरु, नार्क अन्तर्गतका बिषयगत निर्देशकहरु, राष्ट्रिय कृषि प्रबिधि सूचना केन्द्रका प्रमुख, नार्क अन्तर्गतका महाशाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...