बकतृत्वकलाकोआयोजना गरि सिरहाको बिष्णुपुरमा बिश्व हात धुने दिवस मनाईयो

  • असोज २६, २०८०
  • १३१३ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा । बकतृत्वकला प्रतियोगिताको आयोजना गरि सिरहाको बिष्णुपुरमा बिश्व हात धुने दिवस मनाईएको छ । हात सरसफाइ राम्ररी नगरेकै कारण विभिन्न रोगहरु लाग्ने र त्यसबाट मानिसमा शारीरिक अस्वस्थताका सृजना हुने भन्दै सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ स्थित श्री लक्ष्मी माध्यमिक बिधालय लक्ष्मीपुरमा एक कार्यक्रमको आयोजना गरि बिश्व हात धुने दिवस २०२३ मनाइएको हो । IMG20231013091019 लक्ष्मीपुर माबिको आयोजना तथा सबल नेपाल संस्थाको समन्वय र सहयोगमा सफा हातको महत्त्व र यसमा सबैको पहुँच भन्ने बिषयक बकतृत्वकला कार्यक्रमको आयोजना गरि हात धुने दिवस २०२३ मनाएको हो । प्रतियोगिता कार्यक्रममा बिष्णुपुर गाउँपालिका स्थित रहेको जम्मा चार वटा माध्यमिक बिद्यालयहरुका विद्यार्थीहरुलाई सहभागी गराइएको थियो IMG20231013112223 । पालिका स्थित रहेको श्री ल. मा. बि. लक्ष्मीपुर,जमाबी राजपुर ,जमाबी गौरिपुर र जमाबी थलहा कटहा गरि चार मा.बि का बिद्यालयहरु बाट दुई दुई जना विद्यार्थीहरुलाई सहभागी गराइएको थियो । IMG20231013103016 सभ्य र भब्य तरिका बाट गराइएको उक्त कार्यक्रममा श्री लक्ष्मी माबि प्रथम ,माबी गौरिपुर दोस्रो र माबी थलहा कटहा तेस्रो स्थान ल्याउन सफल भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सत्यनारायण यादव , ५ न.वडा अध्यक्ष जयनाथ महतो , प्रमुख प्रशासकीय अधिकृत शैलेश यादव ।बिद्यालय निरीक्षक दिप यादव , सबल नेपाल बिष्णु पुरका संयोजक मनिक कामती ,रामाशिष रजक ,लगायत संचरकर्मी र बिद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थित रहेको थियो भन्ने कार्यक्रम लमाबी लक्ष्मीपुरका प्रधानाध्यापक राम बिनोद यादवको अध्यक्षतामा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...