चाडपर्व अवधिमा दुरुस्त सुरक्षाको प्रबन्ध गरिदिन माँग गर्दै प्रजिअलाई ज्ञापन पत्र

  • कार्तिक १, २०८०
  • ५७१ पटक पढिएको
  • राम पुकार यादव
alt

 प्रदेश टाइम्स/ सिरहा । चाडपर्व अवधिमा दुरुस्त सुरक्षाको प्रबन्ध गरिदिन हुन माँग गर्दै प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले हाम्रो जिल्ला विभिन्न इतिहासिक, धार्मिक, सांस्कृतिक, रितिरिवाज ऐतिहासिक गाथाले झलकिरहेको भन्दै धर्म सांस्कृतिक चाडपर्वका बेलामा हामीले एक अर्कालाई सम्मान गर्ने, माया गर्ने, भेटघाट गर्ने, एक अर्काको सुख समृद्धि र प्रगतिको कामना गर्न चाडपर्वको बेला सुरक्षाको प्रबन्ध गरिदिनु हुन मंगलबार सिरहाको प्रमुख जिल्ला अधिकारिलाई ज्ञापन पत्र बुझाएको हो । चाडपर्वको बखत एकले अर्कोलाई सुरक्षा, सम्मान दिनुपर्छ । तर भन्ने त्यसको साटो कुनै कुनै ठाउँमा केही तत्वहरुले उच्छृंखल गतिविधि गर्ने , भिडभाड गर्ने अनियन्त्रित मोटर साईकल चलाउने पुजा पाठ गर्ने आउने श्रद्धालु दिदी बहिनीहरुलाई जिस्क्याउने, अपमानित गर्ने जस्ता घृणित कार्यहरु भैरहेको प्रती अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिरहाको अध्यक्ष सुरेश कुमार यादवको नेतृत्वमा प्रजिअलाई ध्यानाकर्षण पत्र बुझाअएको हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...