बार्षिकोत्सवमा रक्तदान

  • कार्तिक ४, २०८०
  • ९९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा,४ कार्तिक । प्रादेशिक अस्पताल सिरहाको समन्वयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले छैठो बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

   समाजप्रतिको दायित्वलाई ध्यानमा राखेर सेवाभावले बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.सिरहा शाखाका प्रबन्धक लालबावु यादवले बताए । उनका अनुसार प्रादेशिक अस्पताल सिरहाका प्रमुख डा.नागेन्द्र प्रसाद यादवले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेको थियो ।

    प्रादेशिक अस्पताल सिरहाले संचालनमा ल्याएको ब्लड बैंकमा गरिएको उक्त कार्यक्रममा १९ जनाले रक्तदान गरेको मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादवले बताए ।

  उक्त कार्यक्रममा आयोजित संस्थाका प्रबन्धक लालबाबु यादव, प्रादेशिक अस्पताल सिरहाका व्यवस्थापक सवनम महतो, जीवछ प्रसाद ढकाल, नेपाल प्रहरी हवल्दार रामबिश्व प्रसाद यादव, समाजसेवी युवा राजु मुखिया, धनजित कुमार यादव लगायत १९ जनाले रक्तदान गरेको उनले बताए । रक्तदान कार्यक्रम संचालन व्यवस्थापनमा प्रादेशिक अस्पताल सिरहाका डा.सोनु यादव, रामसागर महतो, स्वंसेवक डा.अविनास पूर्वे, अमित मुखिया र सुमित कुमार यादव स्वंसेवकको रुपमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...