सिराहा जिल्लाको शक्ति पिठहरूमा दुर्गा भवानीको पूजा आजा गरिँदै

  • कार्तिक ६, २०८०
  • १३७१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 कार्तिक ६ / सिरहा । सिराहा जिल्लाको विभिन्न शक्ति पीठहरुमा आश्विन शुक्ल महानवमीका अवसरमा हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधनासहित बलि दिएर मनाइँदैछ । महानवमीका दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई मारेको सम्झनामा यो पर्वलाई विशेष महत्वका साथ मनाईन्छ । दुर्गा भवानीको पूजामा बलि नचढाउनेहरुले कुभिण्डो, घिरौंला, मूला, काँक्रो लगाएतको सामग्री चढाउने चलन रहेको छ । कतिपय ठाउँहरूमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन समेत रहेको पाइन्छ । सिराहा जिल्लाको विभिन्न शक्ति पीठहरुमा बिहानदेखि बोकाको वली दिएर दुर्गा पूजा भव्यताका साथ मनाइरहेको अवस्था रहेको छ । कलश यात्राको आयोजना गरी घटस्थापनासँगै बेलुका नियमित रूपमा सिरहाको शक्ति पीठहरुमा आयोजना हुँदै आएको झिझिया सांस्कृतिक नृत्य पनि हिजो रातिबाट औपचारिक रूपमा समापन भएपनि ग्रामीण स्तरमा संचालित झिझिया विजया दशमीको राति विधिपूर्वक जलाशयमा सेलाउने चलन रहेको पाइन्छ । सिराहा जिल्लाको बिष्णुपुर , राजोखर, भगवानपुर , नवराजपुर , सिराहा ,कल्याणपुर ,मिर्चैया ,बन्दीपुर , गोलबजार ,धनगढी , लाहान लगाएत ग्रामीण बस्तीहरूमा रहेको शक्तिपीठहरुमा बिहानदेखि निष्ठापूर्वक दुर्गा भवानीको पूजा गर्नेको ठूलो भीड लागेको अवस्था रहेको छ । बिहान गरेको पुजासंगै बोका बलि दिएर पूजा गरिएको छ । सिराहा जिल्लाको मन्दिर परिसरहरुमा बली प्रदानका लागि व्यवस्थापकीय पक्षमा विशेष ध्यान केन्द्रित गरिएको छ । पूजा भइसकेपछि घर घरमा भोजको आयोजना गर्ने चलन समेत रहेको पाइन्छ । भोलि विजया दशमीको दिन शक्ति पीठहरुमा ठूलो मेला लाग्ने चलन रहेको छ । सिराहा जिल्लाको विभिन्न शक्ति पीठहरुमा आयोजित झिझिया नृत्य यसपटक अन्य वर्षको भन्दा समग्रमा राम्रो रहेको आम बुझाइ रहेको पाईन्छ । यस वर्षको पहिलो दिन अर्थात् कात्तिक १ गते शनिबार विधिपूर्वक कलश यात्रा गरी घर घरमा जौको जमरा राखिएको थियो । शक्ति पिठहरुमा बेलुका झिझिया नृत्यको शुरुवात गरिएको थियो भने पहिलो दिन देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना थालिएको थियो । दोस्रो दिन कात्तिक २ गते आईतबार पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन सोमबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौथो दिन मङ्गलबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरियो । पाँचौँ दिन बुधबार स्कन्दमाताको पूजा आराधना गरियो । छैटौँ दिन बिहीबार कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरियो । सातौँ दिन शुक्रबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरियो । आठौँ दिन शनिबार महागौरी देवीको विशेष पूजा आराधना गरियो । नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजा आराधना गरिएको छ । विधिवत रूपमा यस वर्षको दशैको पूजा आज समाप्त भएपनि बेलुका निष्ठापूर्वक पूजा पाठ हुने र भोलि बेलुका दुर्गा भवानी लगाएतका अन्य मूर्तिहरू जलाशयमा सेलाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...