बिष्णुपुरमा हरिमाया सामुदायिक भवनको उद्घाटन

  • कार्तिक १८, २०८०
  • १४१६ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / सिरहा । बिष्णुपुरमा हरिमाया सामुदायिक भवनको उद्घाटन भएको छ । समाजिक सेवा भावले समाज र आफ्नो जन्मधर्तिमा महान कार्य र योगदानहरु गर्नु प्रायः समाजसेविहरुको चिन्तन मनन नै हुन्छ ।

    यहीँ समाजिक सेवाभावले ओतप्रोत हुँदै बिष्णुपुरमा स्व.बिश्वनाथ उपाध्यायले हरिमाया सामुदायिक भवनको शिलान्यास गरेको थियो । भवनको उद्घाटन नहुदैं उहाँ बित्नुभयो । IMG20231103103400

      पुर्ण रुपले निर्माण कार्य भैसकेपछी शुक्रवार १७ गते उहाँको श्रीमती शुशीला उपाध्याय पोख्रेल र तिनका परिवारजनको उपस्थितिमा पुजापाठ गर्दै उद्घाटन भएको हो ।

  Screenshot_2023-11-03-17-15-23-71_a23b203fd3aafc6dcb84e438dda678b6 1  हरिमायाको स्मृतिमा छोरा बिश्वनाथ उपाध्याय र बुहारी शुशीला उपाध्याय पोख्रेलले निर्माण गरि उद्घाटन गरिएको हरिमाया सामुदायिक भवन दुई तल्ले रहेको छ । भवनको भुई तल्लामा एक ठूलो हल र मंच माथील्लो तल्लामा तीन रुम सँगै फरक फरक दुई शौचालय रहेका छन भन्ने पछाडी पट्टी १० धुर जग्गामा एक किचेन रहेको छ ।IMG20231103095936

    सामुदायिक भवन रहेको जग्गा अढाइ कठ्ठा रहेको छ । यो भवन बनाउन जम्मा १ करोड लागत लागेको श्याम पोख्रेलले बताए । साथै भवन भुकम्प प्रतिरोधी रहेको समेत उनके बताए ।

    हाल आफुहरु बाहिर बस्दै आएपनी आफ्नो जन्म धर्ती यहाँ बिष्णुपुर रहेको भन्दै समाजमा एक ठोस निशानी राखेर समाजमा बेला बखत भैरहने विभिन्न किसिमको समाजिक कार्यहरू भोजभतेर , बैबाहिक कार्य मिटिङ सार्वजनिक गोस्ठिहरुमा यस हरिमाया सामुदायिक भवनको सदुपयोग होस भन्ने श्रीमती शुशीला उपाध्य पोख्रेलले बताईन ।IMG20231103100444

    सामुदायिक भवनको उद्घाटन केदार चन्द शर्माको अध्यक्षतामा गरिएको थियो । यस सामुदायिक भवनको संचालन तथा संरक्षण प्रवर्द्धनको लागि तत्काललाई १ संयोजक सहित १३ सदस्यीय समिति चयन गरेको हो । समितिहरुको संयोजकमा श्याम पोख्रेल , सदस्यहरूमा रामबिलाश यादव , जगबिर यादव , देवचन्द्र महतो, भुवन भुजेल , बिजय कुमार यादव , सदस्य सचीवमा बिजय कुमार यादव , पदेन सदस्यमा वडा न.१ को अध्यक्ष , सदस्य संरक्षकमा केदार चन्द शर्मा , शुशीला उपाध्याय पोख्रेल ,उमा शर्मा पोख्रेल र सल्लाहकारहरुमा सत्यनारायण यादव गापा अध्यक्ष ,बिनोद चन्द्र शर्मा सुनीता पोख्रेल बास्कोटा श्रीमदा पोख्रेल रहेका छन ।

   यस सामुदायिक भवनको संरक्षण र प्रबर्द्धनको जिम्मा समिति र समुदायको रहने यिनिहरु बाट संरक्षण हुन नसकेको खन्डमा बिष्णुपुर गाउँपालिकालाई हस्तान्तरण गरिदिने संरक्षक शुशीला पोख्रेल उपाधयायले बताइन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...