बिष्णुपुरमा इन्चार्ज दासको आतंक चामल लोड गाडी संग ४० हजार खाएको आरोप

  • कार्तिक २५, २०८०
  • ११५८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा ।  शान्ति सुरक्षाको लागी खटिएको बिष्णुपुर इप्रकाको इन्चार्ज बैद्दनाथ दास यतिखेर आफ्नै इलाका एरियामा आतंक मचाएको बाहिरिएको छ । आम जनताले शान्तिको प्रत्याभूति पाउने जिम्मेवार निकाय प्रहरी प्रशासनको इन्चार्ज नै मदिरामा लठ्ठ जस्तै भएर सर्व सधारण्लाई राती राती सास्ती दिने असुरक्षित गर्ने पाराले बिष्णुपुर गाउँपालिका बासी नै आंतकित बनेको स्थानीयहरु बताँछन । स्थानीय एक स्रोतअनुसार अनुसार इन्चार्ज दासले आफू प्रहरी इन्चार्ज मात्रै होइन डन पनि हो बताउँछन् । स्थानीयले अब हामिलाई शान्ति सुरक्षा दिने सामुदायिक प्रहरी चाहियो डन र भिलेन चाहिएन भन्दै गुनासो सार्वजनिक गरेका छन । स्थानीयका अनुसार यति मात्रै होइन इन्चार्ज दासले आलु, प्याज ,नुन, दाल, चामल ब्यपारी र दारु भट्टिबाट समेत घुस रिसवत लिदै आएको जनाएका छन । एक हप्ता पहिले मात्र इन्चार्ज दासले चामल लोड पिकप गाडी बला सँग ४० हजार घुस लिई छोडेको स्रोतको दाबी छ । स्रोतका अनुसार गाडी बाट आधी चामल झाडेर आधी मात्रै जिल्ला प्रहरी हुदै भन्सारमा पठाएको र आधी चामल सहित ४० हजार पैसा खाएर छोडेको दाबी गरेका छन । यस भन्दा अघि पनि इन्चार्ज दासको् काला कर्तुत र उदाङो चरीत्रको बारेमा समाजिक संजाल देखी मिडियाहरु समेतमा चर्चा चुलिएको थियो । सिरहा प्रहरी भित्रै पुगिएको चामल लोड गाडीको सन्दर्भमा आफुलाइ कुनै जानकारी नरहेको एसपी लिम्बुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...